October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगन्ज बिपी चोकमा ७ पसल आगलागी हुँदा करोड बढीको क्षति

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज २६, २०८० 0५:३८
नेपालगन्ज बिपी चोकमा ७ पसल आगलागी हुँदा करोड बढीको क्षति

जित जङ्ग कटेल/बाँके- नेपालगन्जको बिपी चोक स्थित सात वटा पसलमा आगलागि हुँदा अनुमानित करिब एक करोड बढीको क्षति भएको छ ।

शुक्रबार बिहान करिब ४:३० बजे बिद्युत तार सर्ट भएर बिपी चोक नजिकै गुरुद्वारा अगाडी महबुद जसगढले सञ्चालन गरेको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट हुन गई एक्कासी आगलागी हुँदा सोहि पसलको छेउमा रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार आगलागिबाट आलिया ट्रेर्डस , मिठ्ठु रिफ्रेसिङ मोटरसाईकल सेन्टर , वारसी काठ फर्निचर , सनिया स्टिल फर्निचर , गिलमान फर्निचर र चिन्टु किराना एण्ड नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ । यसैगरी श्री लक्ष्मी स्टिल फर्निचर आंशिक रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

पसलधनीहरु बाट लिएको जानकारी अनुसार अनुमानित करिब एक करोड बराबरको क्षति विवरण प्राप्त भएता पनि एकिन विवरण पसल धनीहरुले निवेदनमा उल्लेख गरेर पेश गरेपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् ।

नेपालगन्जका साथै कोहलपुरबाट आएको दमकल , प्रहरीको वाटर क्यानलका र स्थानीयको सहयोगमा करिब दुई घण्टामा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, अशोज २६, २०८० 0५:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?