October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0८:३0
वर्षाले खोलाका आसपास जग्गा बगाउँदा बालीको नष्ट

उमेश रोकाया/बाजुरा- अविरल बर्षाले खोला जग्गा आसपास बगाउँदा अन्न बालीको नष्ट भएको छ।

साउन २५ गते राती आएको अविरल वर्षाले कारणले कलना खोला नजिकै पर्ने जग्गा बगाएको छ। एकासी राती आएको पानीका कारणले खेतीयोग्य जमिनमा लगाएको कोदो, भट्ट, चिनु र सिमी बालीनाली बगाएर नष्ट भएको हिमाली गाउँपालिका ६ वडाका स्थानीय राधिका रोकायाले बताउनुभयो। बाली लगाएको जमिन सहित भारी वर्षाले बगाएर लगेको हुँदा स्थानीय कृषक चिन्ताजनक अवस्थामा रहेकोे छन।

हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको खलना खोला आसपास रहेको जग्गामा लगाएको बालीनाली वर्षाको कारणले बगाउँदा खेतीयोग्य ठाउँमा पुरै ढुङ्गा माटो जम्मा भएर भरिएको छ। गाउँ घरमा कृषि गरेर खाने गरेको भएपनि अहिले खोलामा रहेको अन्न बाली बगाएको हुँदा खाद्यान्न ठुलो समस्या रहने भएको छ। सधैं जग्गा कमाएर घरपरिवार पाल्ने गरेको बाली सहित नष्ट हुँदा हिउँदमा परिवार खानाको लागी ठुलो बाधा रहने कृषक भिन्दल लवारले बताएका छन।

खोलाको छेउछाउमा लगाएको बाली वर्षाले बगाएको कारणले अहिले पुरै बगर बनाएको छ। भने कुनै जग्गामा पानीले चिरा पारेर पुनः प्रयोग गर्ने अवस्थामा नरहेको छ। गाउँ तिर आयस्रोत कम भएको हुँदा जग्गा कमाई खाने गरेको छ। अहिले त्यही पनि पानीले लैजाँदै गर्दा पेट पाल्न समेत मुस्किल रहेको छ। सबैभन्दा बढी फल्ने ठाउँको जग्गा जमिन भएको कारणले त्यही कमाउने खेतीयोग्य ठाउँमा फल्ने अन्नको बाली वर्षाले नष्ट भएको हुँदा पुरै जमिन खाली भएको छ। बाली लगाएको जग्गामा ढुङ्गा मुढा मात्र देखिने भएको कारणले बाली पनि वर्षाले बगाउँदा खाद्यान्न संकट पर्ने सम्भावना रहेकोे स्थानीय कृषि बताउँछन्।

लगाएको बाली भएको ठाउँमा कुनै निसाना नरहेको हुँदा कृषक चिन्तामा परेका छन। गाउँ घरमा कृषिलाई प्रमुख पेशागत रूपमा बनाएर जीविकोपार्जन गरेर खाने गरेपनि अहिले जटिल समस्या आइपर्ने अवस्था भएको छ। अहिलेसम्म पनि पानी नियन्त्रण भएको छैन। खेतीयोग्य जमिनमा पानी निरन्तर बगिरहेको छ। त्यसका कारणले जमिन चिरा पारेर बाली सहित जग्गा बगाएको छ। बगाएको अन्न बालीमा क्षति भएको स्थानमा स्थानीय सरकारको ध्यानाकर्षण समेत रहोस् कृषकको भनाइ छ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ४, २०८० 0८:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट