October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

श्रमदानमा गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २, २०८० १६:३९
श्रमदानमा  गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

देबराज पाध्याय
भाद्र
बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि  ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण  वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्।
मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान  गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे।
जिल्ली पहिराेमा हिड्न सारै समस्या देखेर बडिमालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले  आफ्नाे सामाजिक संञ्वाल फेसबुकमा श्रमदान गरेर सहयाेग गरिदिनुहुन भनी एक स्टाटस हालेका थिए साे कुरामा सहमत भै बडिमालिका नगरपालिका का जनप्रतिनिधी,राजनितिदलका प्रतिनिधि, नेपाली सेना  ,  ,कर्मचारी,विभिन्न संगठन का भातृसंगठन का युवा संघ, अनेरा स्वबिउ,ने बि संघका  प्रतिनिधी,र वडाबासिहरु गयर श्रमदान गरेर बाटाे निर्माण गरेका  हुन्  ।
जिल्ली काे पहिराे  ३ बर्षबाट निरन्तर बगीरहेकाे छ याे पहिराेले नजिकै रहेका २वटा पसल समेत बगायकाे स्थानिय  नारायण पण्डित ले बतायका छन् ।

याे पहिराेका कारण यश बिद्यालयमा पढ्न आउने विद्यार्थी समेत आउन नसकेर बिद्यालय समेत बन्द गर्नुपर्ने अबस्था रहेकाे थियाे अब बाटाे बनायकाे छ अब  बिद्यालयकाे त्याे सम्या टर्ने देखीएकाे छ भनेर  खुसि भयका छन्  लक्ष्मी मा बि का प्र अ लालचन्द्र जैशी  ।

बाटाे बने पछी लक्षमी मा बि जिल्लीमा पढ्ने विद्यार्थी हरु लाई बिद्यालय जान सहज हुने र  ,रजाताेली,ढम्कने बाट मार्तडी मा रहेका बिद्यालयमा जाने बिद्यार्थिहरु लगायत काेल्टी मार्तडी आवत जावत गर्ने यात्रु , उपचारगर्नजाने ब्यक्ती हरु सबैलाई आवतजावत गर्न समस्या भएकाले साेलाई मध्यनजर आज बाटाे मर्मत गरेका ओमकार बाेगटीले बताएका छन्।

यश बाटाे हुँदै मार्तडी काेल्टी हुम्ला, मुगु ,कालिकाेट सम्म जाने मानिसलाई समेत समस्या हुने भएकाे छ ।घरतिरबाट काठमाण्डाै ,  धनगढी, नेपालगंज मा  जाने र उपचार गर्न जाने हरु लाई समस्या भएकाे देदेर यस बाटाेलाई   मर्मत गरेकाे वडा सदस्य लाेकेन्द्र बहादुर राेकायाले  बताएका छन् ।
मार्तडी बाट माथिल्लाे भेगमा आवत जावत गर्ने र मुलनाका यही बाटाे रहेकाे हाे ।यदी याे बाटाे न बनेमा जिल्लाकाेपुर्बि उत्तरी भेग का ४ पालिका लगायत हुम्ला ,मुगु,कालिकाेट का केही भागमा समेत तथा दैनिक उपभाेग्य सामान हरुकाे हाहाकार हुने देखीन्छ ।

याे बाटाे  बाटाे बाहेक अरुकुनै बाटाे नभएकाे र राेडकाेबाटाे मा धेरैलामाेहुने हुनाले परकाे अफ्टेराे डांडाबाट मानिस हिड्ने गरेकाे र त्यस डांडामा खालि हिड्न समेत सारै जाेखिम रहेकाेले बाटाे अनिबार्य बनाउनु पर्ने देखीयाे र  आज सबै समाजसेबी हरुलाई सहयाेगकाेलागी आवह्ानगरेकाे   वडाअध्यक्ष धर्मराज पाध्यायले बतायका छन्  ।
आखिरगरे केहुदैन रहेछ भन्ने पनि हुन्छ र  आफ्नाे काम आफै बनाउन सकिने र हाम्राे बानीमा समेत परिबर्तन हुन सक्ने बिकास पनि हुने भयकाे छ  ।कुनै काम मा  याेजनाकाे मुखताकी राख्नु नपर्ने  देखियकाे ट  समस्या भलाई पहिचान गरेर महिनाकाे एक दिन सार्बजनिक काममा दिदा केही नहुने समेत पाधयायले बताएका छन् ।
हामिले यश अघि प्रत्यक टाेलमा जनश्रमदान गरेर काम गर्ने काम सुरु भैसकेकाे समेत बतायका छन् ।अघिल्लाे महिना ढम्कनेटाेलमा दुईपटक काठेपुल र बाटाेनिर्माण गरेका छन् ।३पटक सरस्वती टाेलमा खानेपानी मुहान र बिद्यालय जाने बाटाे मर्मत गरीसकेकाे छ। रजाताेलीकाे २बैटाेलमा पनि ४वटा काठेपुल निर्माण गरेका छन् सिराडी टाेलमा पनि बाटाेमर्मत गरेका छन् ,जिल्लीका ३टाेलमा खानेपनी,बाटाे मर्मत गरीसकेका वडाअध्यले बतायका छन् ।
हिजाे मात्र वडाकार्यालयका कर्मचारी र जनप्रतिनिधी हरुले  खडुका काे बिर्कुलीमा पनि पहिराे हटायर बाटाे बनायका हुन् ।

 

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ २, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?