सेतीकर्णाली खबर उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ। तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक […]
सेतीकर्णाली खबर महेश कार्की कोल्टी माघ २० बाजुरा — हिमाली जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ। जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको अस्पतालका सुचना अधिकारी प्रेम नेपालिले जानकारी दिएका छ्न । उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको […]
सेतीकर्णाली खबर ८ माघ बाजुरा- बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा रहेका ८ जना उम्मेदवारहरूले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदानको वातावरण सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता गरेकाछन। बिहीबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत एक स्वतन्त्र सहित ७ राजनीतिक दलका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा […]
सेतीकर्णाली खबर २माघ बाजुरा- जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। […]
सेतीकर्णाली खबर दिपेश शाही पौष २५ बाजुरा- जगन्नाथ गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सुरु भएको हो । गाउँपालिकाको केन्द्र जुड्डीमा आज एक कार्यक्रमका आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको पालिकाले जनाएको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही पौष २५ काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]
सेतीकर्णाली खबर १९ पौष बझाङ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बझाङ जिल्लामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलबाट सम्भावित उम्मेदवारको नाम सार्वजनिक हुन थालेसँगै जिल्लामा चुनावी चर्चा चुलिएको छ । नेपाली कांग्रेसबाट युवा नेता अभिषेक सिंहको नाम अग्रपंक्तिमा आएको छ । संगठन विस्तार र […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १९ पौष बाजुरा। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित पिलुचौर बजार पछिल्लो समय व्यापार, धर्म र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। कर्णाली नदीको तटमा अवस्थित यो बजार कुन्ना क्षेत्रकै प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित हुनथालेको छ। पिलुचौर बजार धार्मिक दृष्टिले विशेष महत्व राख्दछ। यहाँ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९मंसिर बाजुरा-बाजुराको कोल्टी–मार्तडी सडकखण्ड विकासको नाममा गरिएको बेवास्ताको जिउँदो प्रमाण बनेको छ। हिजो फेरि यही सडकमा यात्रुबाहक बस खोल्सामा अड्कियो। यो पहिलो घटना होइन, अन्तिम हुने संकेत पनि छैन। कहिले बस डिलमा झुन्डिन्छ, कहिले खोल्सामा फस्छ, कहिले दुर्घटनामा परेर नागरिकको ज्यान जान्छ। प्रश्न उठ्छ— कहिलेसम्म? सडक स्तरोन्नति बिना ठूला […]
सेतीकर्णाली खबर मंसिर ९ गते बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]