November 29, 2026 | आइतवार, मंसिर १४, २०८३

सुदूरपश्चिम रोयल्सको “ट्रफी टुर” यात्रा अछामको बैजनाथ धामबाट  सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १४, २०८३ 0७:१६
सुदूरपश्चिम रोयल्सको “ट्रफी टुर” यात्रा अछामको बैजनाथ धामबाट  सुरु

बाजुरा
नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो र दोस्रो सिजनमा उपविजेता बन्दै तेस्रो सिजनमा विजेता बनेको सुदूरपश्चिम रोयल्सले आइतबारबाट अछामको धार्मिक क्षेत्र बैजनाथ धामबाट ट्रफी टुरको यात्रा सुरु गरेको छ ।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहका अनुसार विजेता बनेपछि सुदूरपश्चिमका ९ वटै उक्त यात्रा हुने बताएका छन् ।
९ वटै जिल्लामा रहेका विभिन्न धार्मिक क्षेत्रमा ट्रफी राख्दै समर्थकहरुको उत्साह र मायाका कारण रोयल्सले तेस्रो सिजनमा विजेता बनेपछि प्रदेशका समर्थकहरुको साथ सहयोगका लागि ट्रफी टुरको यात्रा सुरु गरिएको मालिका शाहले बताए ।
सुदूरपश्चिमको आस्थाको धरोहर बैजनाथ धामबाट ट्रफीको यात्रा सुरु गरिएको हो । बाजागाजा सहित साँफेबगर बजार परिक्रमा गरी ट्रफि बाजुरा प्रस्थान गरेको छ ।
बाजुरामा सदरमुकाम मार्तडीमा रहेको खुलामञ्चमा ट्रफी राखिने भएको छ ।
बाजुरा क्रिकेट संघले एनपिएल तेस्रो सिजनको विजेता बनेको सुदूरपश्चिम रोयल्सको स्वागतका लागि भव्य तयारी गरेको छ ।
क्यान संघ बाजुराका अध्यक्ष महेश बानियाँका अनुसार प्रदेशको शान, इज्जत राख्न सफल भएको र खेलाडी तथा समर्थकको हौसला प्रदान गर्ने गरी टुर गरेको रोयल्सका लागि भव्य तयारी थालेको बताए ।
सुदूरपश्चिम रोयल्सको टिमलाई बडीमालिका नगरपालिकाले बाजगाजा सहित बजार परिक्रमा गराउँदै स्थानीय संस्कृति प्रदेशन गरिने भएको छ ।
उत्सवमा बाजुराको मौलिक कला, संस्कृति र पहिचान–हुर्केउली, दमाहा, पञ्चेबाजा, भुवा, चाली, अनन्ते र देउडाले विजय यात्रालाई अझ गौरवपूर्ण बनाइने भएको छ ।
स्थानीय बाजा सहितको संयोजन बडीमालिका नगरपालिकाले गर्ने र क्रिकेट संघ बाजुरा र क्रिकेटप्रेमीहरू भव्य स्वागतको तयारीमा जुटेका छन् र
यो केवल ट्रफीको यात्रा होइन, भूगोल जोड्ने, भावना जगाउने र सुदूरपश्चिमको एकता एवं पहिचान उजागर गर्ने उत्सवमा रुपमा लिइएको छ ।
सुदूरपश्चिम रोयल्सले एकसाता अघि प्रदेशका ९ वटै जिल्लामा ट्रफी टुर गर्ने तालिका सार्वजनिक गरेको थियो ।
सार्वजनिक कार्यतालिकाअनुसार आगामी मंसिर १३ गते अर्तात आजबाट अछाम र बाजुराबाट सुरु हुने ‘च्याम्पियन्स ट्रफी टूर’ मंसिर २० गते कैलालीको धनगढीमा भव्य सांगीतिक कन्सर्टसहित समापन हुनेछ ।
यसपटकको ट्रफी टूरको मुख्य विशेषता भनेको सुदूरपश्चिमका प्रसिद्ध धार्मिक क्षेत्र तथा शक्तिपीठहरूमा ट्रफी पु¥याइनु हो । खेलकुदको विजयलाई प्रदेशको मौलिक संस्कृति, आस्था र पर्यटनसँग जोड्दै टूरको सुरुवात नै मन्दिर दर्शन र पूजाआजाबाट गरिँदै छ ।
मंसिर १३ गते बिहान ८ ः ३० बजे अछामको प्रसिद्ध बैजनाथ मन्दिरमा ट्रफी दर्शन र साँफेबगरसम्मको ¥यालीबाट सुरु हुने यात्रा सोही दिन दिउँसो बाजुराको मार्तडी पुग्नेछ ।
त्यसपछि मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिर र डडेल्धुराको उग्रतारा मन्दिर, मंसिर १५ गते बैतडीको निङ्गलाशैनी, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन, मंसिर १७ गते बझाङको चैनपुर र मंसिर १८ गते डडेल्धुराको परशुराम धाम हुँदै ट्रफी तराई झर्नेछ । मंसिर १९ गते कैलालीको टीकापुर, चिसापानी, लम्की, घोडाघोडी, अत्तरिया र कञ्चनपुरको महेन्द्रनगरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ट्रफी पु¥याइनेछ ।
धार्मिक र खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले शक्तिपीठहरूमा ट्रफी लैजाने योजना बनाइएको छ । ‘विशेषगरी सुदूरपश्चिमका धार्मिक क्षेत्र र शक्तिपीठमा ट्रफी घुमाउने योजना छ । जसमा सबैको आस्था र विश्वास जोडिएको छ,’ शाहले भने, ‘हामीले पहिलो सिजनमै जितेपछि सबै जिल्लामा ट्रफी घुमाउँछौं भनेका थियौं, अहिले धार्मिक र खेल पर्यटनलाई विशेष जोड दिएर त्यो वाचा पूरा गर्दै छौं ।’
टूरमा खेलाडी र व्यवस्थापनको टोली सहभागी हुने र यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए । सुदूरपश्चिमका नौ वटै जिल्ला क्रिकेटको उर्वर भूमि भएकाले यो सम्मान रोयल्सका खेलाडीका लागि मात्र नभई एनपीएलका अन्य टिमबाट खेल्ने सुदूरपश्चिमका सबै खेलाडी र समर्थकप्रतिको कदर भएको मालिका शाहको भनाई रहेको छ ।

 

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १४, २०८३ 0७:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।