March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २८, २०८२ १७:५८
बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

सेतीकर्णाली खबर २७ माघ  बाजुरा ।  उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा आज देखि सञ्चालन भएको छ।
तालिम २०८२ साल माघ २७ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको ना. प्रा. स. शेर बहादुर के सिले सेतीकर्णाली खबरलाई बताउनु भयो ।
तालिममा स्याउ बालीमा उच्च घनत्व प्रविधि सम्बन्धी प्रशिक्षण दिपेश कठायतले दिनु हुनेछ। स्याउ तथा ओखर बालीमा परागसेचन, फुल फुल्ने तरिका, यसको महत्व, फल टिप्ने विधि र उपयुक्त समयका विषयमा दिक्षा न्यौपानेले सहजीकरण गर्नु हुनेछ।
कृषि संरचना निर्माणका आधारभूत जानकारी र उपयोगिताबारे नेत्र बोहरा, स्याउ/ओखर बालीमा काँटछाँट तथा तालिम प्रविधि सम्बन्धी कमल महाताराले प्रशिक्षण दिनुहुनेछ ।
फल उत्पादनपछिको प्रविधि तथा पोष्ट हार्भेष्ट क्षतिन्यूनीकरण सम्बन्धी प्रशिक्षण शेरबहादुर केसीले दिनु हुनेछ भने कृषि आधुनिकीकरण, कृषि यान्त्रिकरण र कृषि उद्यमशीलता विकास विषयमा कवि अवस्थीले प्रशिक्षण प्रदान गर्नु हुनेछ।

त्यसैगरी, स्याउ तथा ओखर खेतीको इतिहास, नेपालमा विस्तार, जात, हावापानी, माटो र महत्व सम्बन्धी विषयमा समिर बुढाले प्रशिक्षण दिनु हुनेछ। स्याउ–ओखरको विरुवा प्रशारण विधि सम्बन्धी प्रशिक्षण पनि शेरबहादुर केसीबाट हुनेछ।
स्याउ तथा ओखर बगैचा स्थापना, रेखाइन, सिँचाइ र मलखाद व्यवस्थापन सम्बन्धी प्रशिक्षण क्रमशः अन्जना पाण्डे र समिर बुढाले दिनुहुनेछ।
तालिमले स्थानीय कृषकहरूलाई व्यवसायिक स्याउ र ओखर खेतीतर्फ आकर्षित गर्ने तथा उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिमको आयोजना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, जोन प्राविधिक इकाई, बाजुराले गरेको हो। आयोजकका अनुसार यस्ता तालिमले स्थानीय कृषकको सीप विकाससँगै कृषि पेशालाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। अध्यक्षता दिपेश कठायत कृषि अधिकृत, प्रमुख अथिति पुर्व संयोजक मन बहादुर रोकाया, विशिष्ट अथिति विशाल पौडेल UNDP कलस्टर कोर्डिनेटर , उमेश जङ्ग शाही नेपाल पत्रकार महाँसंघ बाजुरा कोषाध्यक्ष तथा सेती कर्णाली खबर समाचार प्रमुख, कवि अवस्थी कृषि अधिकृत लिवर्ड , नवल सिह भाट प्रहरी सहायक निरिक्षक कुन्ना चौकि पिलुचौर, नेत्र बोहोरा कृषि प्राविधिक
कार्यक्रम सञ्चालन  शेर बहादुर केसिले गर्नु भयो भने स्वागत मन्तव्य  समीर बुढाले गर्नु भएको थियो । तालिममा कुन्ना क्षेत्रका स्थानिय तह स्वामिकार्तिक खापर गाउपालिका, बुढिनन्दा नगरपालिका, हिमाली गाउपालिका, जगन्नाथ गाउपालिकाका कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २८, २०८२ १७:५८

प्रतिक्रिया

एक प्रतिक्रिया on “बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट