सेतीकर्णाली खबर
उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट सेवा सुचारु भएको छ।
कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा प्राविधिक र आर्थिक सहयोग रु.३९,९६,९९५ रकम लगानीमा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नंम्बर १ पिलुचौर बजारमा थ्रि फेज लाईन विस्तार संगै हुनी देखि काँडाकोट नेपाल टेलिकम टावर सम्म बड्डीगाड जलविद्युतबाट हाईटेन्सन लाइनमर्मत तथा स्तरोन्नति गरि मिति २०८१ पुष १५ गतेका दिन सम्पूर्ण जडान कार्य सम्पन्न भएको रेरास प्रतिनिधि हरिबहादुर बुढाथोकीले सेतिकर्णाली अनलाइन खबरका सम्बादातालाई जानकारी दिए।
नेपाल टेलीकमका प्रतिनिधि, बड्डीगाड जलविद्युत सहकारी संस्था लि.का प्रतिनिधि र रेरास आयोजनाका प्रतिनिधिको रोहवरमा मिति२०८१ पुष २३ गते विद्युत जडान सम्पन्न भए पश्चात फोन सेवामा सुधार र नियमित विद्युतआपुर्ति भएकोले बन्द भएका उधोग व्यवसाय समेत सुचारु भएको छ । साथै जगन्नाथ गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. १,२, ३,४ र ५ बुढीनन्दानगरपालिकाको वडा नं. १ भारतीकौसाडी , पात्तोला, मटेला र हिमाली गाउँपालिकाको वडा नं. ७को बाँधु, पाँणी लगायतकाआसपासका क्षेत्रमा नेटवर्क टेलीफोन सेवा संचालनमा आएको तथा उक्त भेगका करिव २० हजार जनसंख्याले प्रत्यक्ष संचारको प्रयोग गरि लाभ लिइरहेको बड्डीगाड लघु जलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर शाहले सेतीकर्णाली खबरलाइ बताए ।
उक्त क्षेत्रमा विद्युत उर्जाको श्रोत भनेकै हाल सम्मलाइ लघु जलविद्युत आयोजनाहरु नै हुन ।बड्डीगाड लघु जलविद्युतबाट १००किलो वाट क्षमताको उर्जा उत्पादन भएको छ। पिलुचौर,बजारमा बड्डीगाड लघु जलविद्युत सहकारी संस्था मार्फत संचालित यस सहकारीले जगन्नाथ गाउँपालिकाको वडा नं. १ पिलुचौर बजारमा संचालनमा रहेका उधोग व्यवसायहरु(कृषिमाआधारित कुटानी पिसानीमिल, ग्रिलउधोग, फर्निचर, छापाखाना, बेकरी उधोग, इलोक्ट्रोनिक पसल,ग्यारेज,मोवाइल पसल, सिलाइ कटाइ व्यबसाय लगायतका उधोग व्यवसाय)भोल्टेज कमिको कारणले गर्दा सास्ती भोग्दै आएका थिय।
डिजेल र पेट्रोलको चर्को मुल्य तिर्नु पर्ने समस्या ग्रस्त परिस्थीतिबाट गुज्रीरहेका व्यवसायीहरुमा पून थप हौसलाका साथ उक्तव्यवसायहरु संचालनमा आएको व्यहोरा पिलुचौर बजारका उधमीव्यवसायी बर्त राज उपाध्यायको भनाइ रहेको छ ।
बड्डीगाड लघु जलविद्युतको पावरहाउसको जेनेरेटरबाट पिलुचौर बजारमा टाढा दुरीमा विद्युत सप्लाई भएकोले भोल्टेज ड्रपहुने समस्या थियो र उक्त सप्लाइ लाइन पनि सिंगल फेज भएकोले आवश्यकता अनुसारको भोल्टेज सप्लाई नभएको र विगतमा सोलारको भरमा रहेको नेपाल टेलिकम टावरमा घाम अस्थाए पश्चातको समयमा राती, पानी परेको दिन र घाम नलागेको दिनमा समेत टेलिकमको सिगंनल नै अबरुद्ध भइ यहाँका नागरिकले जटिल परिस्थीतिको सामना गर्नु परेको थियो । घामलागेको दिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म मात्र सौर्य ऊर्जाले नेपालटेलीकमको टावरले काम गर्ने भएको हुँदा यहाँका स्थानियतह जगन्नाथगाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमालीगाउँपालिका र बुढीनन्दा नगरपालिकाको क्षेत्र भित्रकासमुदायले सास्तीभोग्दै आएको स्थानिय होटल व्यवसायी बसन्त शाहीले बताए ।
भईपरि आउने दैविकप्रकोप एवं आपतकालीन अवस्थामा टेलीफोन सेवाअवरोधका कारण प्राथमिक उपचार सेवाबाट समेत बन्चित हुनबाध्य भएका थिए ।यसरीनेटवर्ककोअभावले तत्काल उद्घार गर्न नसकिएर अनेकौ घटना घटेका थिय । कृषिबजारिकरणमा समस्या र समयमा सुचना प्रवाह हुन नसकेको,विगतमा सोलारको भरमा टावर संचालन हँदा पावर नपुग्ने र अन्य ब्याकप समेत नहुँदा नेटवर्कको समस्याले स्थानीयहरुले सास्ती भोग्दै आएका थिय। विद्युत व्यवस्थापन संगै टावर नियमित हुनथाले पछि स्थानीय उपभोक्ता, उधोगी व्यवसायी,कृषक,कृषिबजारिकरण भएको, सरकारी तथा गैरसरकारी संघ संस्थाका दैनिक कामकाजमा सहजता भएपछी पिलुचौर बजारका व्यापारी मिमराज कार्किले स्थानीयहरु खुसि भएको बताएका छन।
प्रत्यक्ष सहयोग र सहजिकरणको लागि रेरास,नर्वे सरकार , यु एन डिपी र वैकल्पिक उर्जालाई जगन्नाथ गाउपालिका प्रवक्ता तथा वडा नं.१ अध्यक्ष गणेश राज गिरीले धन्यवाद समेत दिएकाछन।