October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

मुलुककाे आबश्यकता र चाहानाले नयां रनजनैतिक सािकरण बन्याे उपमहासचिब प्रदिप ज्ञवाली

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ 0७:५२
मुलुककाे आबश्यकता र चाहानाले नयां रनजनैतिक सािकरण बन्याे उपमहासचिब प्रदिप ज्ञवाली

बाजुरा : नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओबादीन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा इमान देखाउन नसक्दाँ मुलुकको राजनीतिकमा फेरबदल भएको उल्लेख गरेका छन् ।

ठुला दलहरुलाई पालैपालो खेलाएर आफु प्रधानमन्त्री भईराख्ने प्रचण्डको योजना र देशमा  विषम परिस्थितिको सिर्जना हुने अवस्था आउने भएपछि एमाले र काँग्रेस मिलेर सरकार बनाउन पुगेको बताएका छन् ।

देशमा संकट आउँदा विभिन्न कालखण्डमा एमाले र काँग्रेस मिलेर नै हल गरेको स्मरण गराउदै यो सरकार बन्दा विभिन्न चरणमा घनीभूत छलफल भएर मात्र सरकार निर्माण भएको जानकारी गरेका छन् ।

आफ्नो पार्टी स्वतन्त्र न्यायपालिकाको हिमायती भएकोले जनतामा आशा र भरोशा जोगाउने गरी हालको सरकारले काम कारबाही गर्ने बताएका छन् ।

पछिल्ला विभिन्न काण्डलाई ढाँकछोप गर्न हालको सरकार बनेको हो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा ज्ञवालीले आफ्नो पार्टी र नेपाली काँग्रेसका कुनै पनि नेताहरु दोषी ठहर भएमा कारबाहीको सिकार बन्ने बताए ।

जनताको आवश्यकता र चाहाना अनुसार नै संविधान संसोधन हुनेतर्फ संकेत गर्दै संविधान जीवन्तमा भएमा मात्र देशमा राम्रो रक्तसञ्चार हुनेमा जोड दिएका छन् ।

बाजुरा सहित सुदूरपश्चिमका जनताहरु भारतमा नै आश्रित रहेको बढी गरिबीको रेखामुनी रहेकोले हालको सरकारले रोजगारी सिर्जनाका क्रियाकलाप सञ्चालन गर्न सुझाउने विश्वास दिलाएका छन् ।

विकासको दृष्टिकोणले पुच्छारमा परेको बाजुरालाई आफ्नो पार्टी र सरकारले केन्द्र भागमा राखेर काम गर्ने वचन दिएका छन् । बाजुरा जिल्ला पर्यटकीय हिसाबले भर्जिन जिल्ला भएकोले जिल्लाका पर्यटकीय गन्तव्यको उचित संरक्षण र प्रचारप्रसारमा ध्यान दिने बताएका छन् ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुको पछिल्लो अभिव्यक्ति प्रति कटाक्ष गर्दै सत्ता सकिएपछिको छट्पट्टी मात्र भएको आरोप लगाएका छन् ।

सहकारी काण्डमा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार आफ्नो पार्टीका नेताहरु समेत संलग्न रहेको पाईएमा जतिसुकै  माथिको भएपनि दोषी उम्कन नपाउने बताएका छन् ।

एमालेले योजनाबद्ध ढङ्गले देशभर प्रशिक्षण सञ्चालन गरिरहेको बताउदैं नेता कार्यकर्ताको स्तर हेरेर एमालेले स्कुलिङ्ग सञ्चालन गरिरहेको बताएका छन् । पार्टीले आधारभूत तहको स्कुल, माध्यमिक, उच्च, विशिष्ट तहको गरी चार तहका प्रशिक्षण सञ्चालन गर्ने गरेको समेत बताएका छन् ।

बाजुराले विकासमा केही फड्को मारेपनि अझै राज्यको ध्यान सिंगो सुदूरपश्चिममै पुग्नुपर्नेमा जोड दिएका छन् । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले उचित बजेट व्यवस्थापनका लागि आफ्नो सदैव पहल रहेको र एमालेको हृदयमा बाजुरा सहितका जिल्लाहरु बसेको दाबी गरेका छन् ।

प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको भेटघाट कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, राजेन्द्रसिंह रावल, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली सहितको सहभागीता थियो ।

पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन सचिव रमित विकले गरेका हुन् । नेकपा एमाले बाजुराले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन ज्ञवाली बाजुरा आएका हुन् । ज्ञवाली सहितका नेताहरुले एमाले जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिने भएका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ 0७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट