October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ५, २०८१ १४:१९
कांग्रेस एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि बढ्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारका उनले शीर्ष नेताहरूले सुजबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरेका हुन् ।

सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस-एमाले गठबन्धन अन्तिम विकल्प रहेको उनले बताए ।

उहाले कांग्रेस-एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको जिकिर गरे । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

मन्त्री शाहीले वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएको उल्लेख गर्दै सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने धारणा राखे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा दुई तिहाइको हाराहारीमा विश्वासको मत पाउने दावी गर्दै विश्वासको मत प्राप्त गरेसँगै देशलाई अगाडि बढाउने गरी वृहत कार्यक्रम आउने बताए ।

  • सेती कर्णाली खबर
  • शनिबार, साउन ५, २०८१ १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?