October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ ११:२४
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ ।
जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार जिल्लामा आएका प्रतिनिधी मध्ये १४ जना प्रतिनिधीले मतदान प्रक्रियामा सहभागी नभएकोसमेत बताए छन् ।
मतदान सकिएकाले तत्काल उम्मेदवारहरु सहितकाे बैठक बसाएर आज नै मतगणना सुरु गर्ने तयारी थालेकाे निर्वाचन अधिकृत जैशीकाे भनाइ रहेकाे छ ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि नेकपा एमाले जिल्ला कमिटीकाे अध्यक्षकाे लागि दुबैजनाकाे आ आफ्नै अडान रहेकाेले निर्वाचन प्रक्रियामा अघि बढेको बताइएको छ ।

भरत थापा र लालबहादुर दुबै जना आफुले अध्यक्षकाे दाबी रहेकाेथियाे ।सहमति गराउन काे लागि ५दिन बिति सकेकाेले तर सहमति हुन नसकेा हुनाले याे पटक मतदान सुरु गर्नु परेकाे हाे ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट