October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २९, २०८० 0३:१६
कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कक्षा ८ को गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिका भरका १२ वटा सामुदायिक विद्यालय बाट २ सय २९ जना विद्यार्थी सहभागी भएका थिए। पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात ५० जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। त्यसमा ८५ विद्यार्थी ग्रडेवृद्धि परीक्षा दिन पाउने भएका छन्।

८५ जना विद्यार्थीहरुले पढाई दोहोर्‍याउनुपर्ने गाउँपालिकाले जनाएको छ । ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि २०८१ बैशाख २० र २१ गते ग्रेडवृद्धि परीक्षा तोकिएको गाउँपालिकाले जनाएको छ । नतिजा प्रकाशित भएको १५ दिन भित्र बिधालयले ग्रेडवृद्धि परिक्षा आवेदन भर्नुपर्ने र पुनयोगय लागि नतिजा प्रकाशित भएको मितिले ७ दिन भित्र सम्बन्धि विद्यार्थीले हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा धुलाचौरमा निवेदन पेशगर्नुपर्ने छ।

ग्रेडवृद्धि परिक्षा केन्द्र भवानी माध्यमिक बिधालय धुलाचौर र बिच्छ्या माध्यमिक बिधालय बिच्छ्यामा परिक्षा सञ्चालन गरिने भएको गाउँपालिकाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र २९, २०८० 0३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट