October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन ६, २०८० १४:१६
बुढिनन्दा नगरपालिकाको दोस्रो  नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

सन्तोष  जोसी ६ फागुन  बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका विच नगरपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा प्रस्तुत गरि सभा सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाहले जानकारी दिनुभएको छ ।उहाँले नगरपालिकामा संशोधन भएका ६ वटा विधेक सभाबाट पारीत भएको बताउनुभयो ।नगर सभामा पास भएका संशोधन ऐन तथा कार्यविधि २०८० पास भएको उहाँले बताउनुभयो ।जसमा शिक्षा बिधेयक, २०८० स्वास्थ्य बिधेक, राजस्व विधेक,बिपद ब्यवस्थापन विधेक,नगरपालिकाको प्रसासनिक कार्य विधेक २०८० पारित भएका नगर प्रवक्ता जंगबिर रोकायाले जानकारी दिनुभयो ।सडक पुल तथा बेलिबृज विधेकमा प्रस्ताव नगर प्रबक्ता जंगबिर रोकायाले राख्नुभएको थियो त्यस्तै स्वास्थ्य विधेक माथि केशर बहादुर शाहीले प्रस्ताव राख्नुभएको थियो भने बधाई तथा धन्यवाद प्रस्ताव गजेन्द्र बहादुर शाहिले राख्नुभएको थियो ।सबै प्रस्ताव माथी छलफल गर्न ४ दिन लगाएर आज सभामा पारित भएको प्रबक्ताले बताउनुभयो ।मानब जिवनमा जोडिएका सवालका विधेक रहेकाले यी सबै विधेकमा दफावार छलफल गरि पारित गरेको शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा पहिलो प्रथामिकता दिने नगर प्रमुख जनक कुमार बोहराले बताउनुभएको छ ।उहाँले हिउँदे गाउँसभामा बोल्दै चालु आर्थिक बर्समा भैपरी आउने खर्च कम रहेको र कर्मचारी तलब लगाएत भत्ता उपलब्ध गराउन पनि समस्या भएकाले अब करारका कर्मचारीमा हेरफेर गरि केही मात्रामा घटाउनु पर्ने देखिएको बताउनुभयो ।नगर सभामा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा उपप्रमुख राम बहादुर बोहरा निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, नगरकार्यपालिकाका सदश्य, वडासदश्य लगायत पत्रकारको सहभागिता रहेको थियो ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन ६, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट