October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० 0५:४७
समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम हिमालीमा

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति आयोजनामा समुदायमा काङ्ग्रेस अभियान तथा अन्तरक्रिया कार्यक्रम गरेका छन।

काङ्ग्रेसको मुख्य अभियान समुदायमा पुगेर जनता अपेक्षा र गुनासा सुन्न, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था संगै विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने हाम्रो अभियान रहेको छ। जनताबाट आएका सुझावलाई तत्काल तहमा कार्यान्वयनका लागि पहल कदमी लिने र पाटीको निति निर्माणमा नितिगत मार्गदर्शनको रुपमा लिने उद्देश्यले वडामा अभियान सञ्चालन गरिएको छ। वडा भित्रका समस्या जनता लागेका सुझाव सल्लाह सहित संकलन गर्न हामी काङ्ग्रेस निरन्तर रूपमा लागिपरेका छौ।

वडामा भएका काङ्ग्रेस अभियान पाटी संगठन टोल बाट सुधार गर्नुपर्ने देखिन्छ। त्यसमा भएका कमि कमजोरी पत्ता लगाएर गाउँ बस्तीमा सुदृढीकरण हुनुपर्ने आवश्यक रहेकोे छ। अगाडी गएका कुरा भन्दा अब हुने दिनमा फरक ढंगले चल्यो भने पाटी बलियो हुने सम्भावना रहेकोे छ। पाटी भित्र अगुवाहरु एक आपसमा हातेमालो गरेर गयो भने संगठन मजबुत हुने भएको छ।

नेपाली काङ्ग्रेस वडा कार्यसमिति दुई महिनाको १ पटक २० गते बैठक गर्ने र जुन महिना बैठक टोल टोलमा गराउने पर्ने छ। अर्को आउने फागुन महीनामा २० गते महिला, दलित, भातृ संगठन गर्ने निर्णय गरेको छ। प्रत्येक महिना सामुदायिक काङ्ग्रेस अभियान निरन्तर अभियान जुटनुपर्ने गाउँ कार्यसमिति सचिव बिष्णु भक्त रावतले बताएका छ्न।

सामुदायिक काङ्ग्रेस अभियान कार्यक्रममा नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति अम्मर रावलको सभापतिमा बैठक सञ्चालन गरिएको छ।नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, रमेश विक नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य चन्दा देवी बुढा, नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति अमलाल कार्की गाउँ कार्यसमिति र वडा कार्यसमिति पदाधिकारी लगायत भातृ संगठन सहित सहभागिता कार्यक्रम भएको छ। नेकपा एमाले पाटी परित्याग गरी नेपाली काङ्ग्रेस पाटी दर्जनौं प्रवेश गरेका वडा पाटी सभापति अमर रावलले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • सोमवार, माघ २९, २०८० 0५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट