October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ ९, २०८० 0६:५५
वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन।

हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको खेती २०८० साल जेष्ठ महिना खेती सुरुवात गरिएको कृषक पाण्डेले बताएका छन। ड्रागन खेती फर्ममा किरा लाग्ने सम्भावना रहेकोे छ। भने उक्त खेती पानीको अभाव र घेरबार मुख्य समस्या रहेकोे छ।

सुरुमा ८ सय बोट रोपिएको थियो। अहिले सम्म ४/५ बोट सुकेका छन। बाकी सबै बोट पलाएर हरियो भएको देखिन्छ। ड्रागन फलफूल ठुलो बोट भएपछि त्यसलाई टायरको पनि समस्या रहेकोे छ। हिमाली गाउँपालिका कृषि विकास शाखा फर्म अनुगमन गर्न आएका हुन कर्मचारीले भने अब कतै अनुदान भए सकिने कुरा पालिका बाट सहयोग गर्ने भनेका छ्न। कृषि ज्ञान मार्तडी बाजुराले आर्थिक वर्ष २०७९/०८० मा ४ लाख ७० हजारको अनुदान रकम पाएको कृषक पाण्डेले बताएका छ्न।

बाकी रहेको ४ लाख सम्मको रकम आफ्नो व्यक्तिगत लगानी गरेको छ। अहिलेसम्म राम्रोसँग बोट पलाएको छ्न। ड्रागन खेती लाई गाउँपालिका बाट अहिले नभएपनी आर्को आउदो आर्थिक वर्ष सम्म सहयोग गर्छौं भनेका छ्न। लगाएको एक वर्ष पुरा भएर नाघिसकेको छ। अब कुनै बोट फलफूल आउँदा साउन देखि असोज महिना फल्ने गरी लागिपरेको छु। यसलाई करिब प्रति किलोग्राम २ सय देखि ४ सय सम्म मुल्य वितरण गरिने भएको छ।

यो विशेषगरी औषध रूपमा पनि लिन मिल्छ। भने कहिलेकाही तरिकारी खान धेरै उपयुक्त फलफूल मानिन्छ। जसले हामीलाई क्यान्सर प्रतिरोध विकास गराउन्छ र रक्त चाप घटाउने संगै यसले नियमित प्रयोगले बिषालु चिज लाई हटाउने मद्दत गर्छ। त्यति मात्र नभएर अनुहारकि छाला सुन्दर बनाउने र आँखा तेज समेत काम गर्ने गर्छ। यसमा प्रशस्त क्यालिस, फुसजिक पाइने हुँदा शरीरमा भएका हड्डी र दातलाई बलियो बनाउने काम समेत ठुलो सहयोग गर्ने गरेको पाइन्छ।

आर्थिक अवस्था अलि दयनीय हुँदा समस्या भएको छ। आफ्नो व्यक्तिगत हिसाबले पनि अझै लगानी लगाएर राम्रो बनाउने उद्देश्य भएपनि आर्थिक अभावको पहिलो समस्या भएको छ। फर्म काम गर्दा आफ्ना आफन्तलाई लगाएर काम गर्ने गरेको छ। आफू सधैं यो खेतीपाती रातदिन नभनी निरन्तर मेहनत साथ लागिपरेको छौ। हामी अहिले नयाँ फलफूल खेतिमा हात हालेको छ। कस्तो हुने हो भने महसुस गर्न बाकी रहेकोे छ। यसलाई हुर्काउन र फलाउन तिर ध्यानमा रहेकोे कृषक बिष्णु राज पाण्डेले बताएका छ्न।

२०७९ को चुनावमा पनि वडा सदस्य निर्वाचित भएपनि अहिले समय सदुपयोग गर्न हिमाली गाउँपालिका भरीको एउटा नयाँ फलफूल खेतीमा लागिपरेका छ्न। भने जनताको काम संगै ड्राइगोन फलफूल खेती काम गर्दै आइरहेका देखिन्छ। अबको केहि वर्ष उता फलफूल राम्रोसँग मेहनत लगानी गरेको जति काम हुनसक्ने खालको काम भयो भने आम्दानी पनि धेरै हुने रोजगार सिर्जना अवसरको सम्भावना रहेकोे देखिन्छ। यो ड्रागन फलफूल खेती गर्दा सुरुमा ९ लाख २२ हजार ४ सय ४० रुपैयाँ लगानी गरिएको कृषकले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ ९, २०८० 0६:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट