October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० १९:४२
हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कुवाडीमा १० शैयाको अस्पताल निर्माणकार्य तिव्र अगाडी बढिरहेको छ।

कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेकोे छ।

गाउँपालिका अंधिकास मान्छेलाई स्वास्थ्य उपचार गर्न नेपालगन्ज काठमाडौ जस्ता सुविधा सम्पन्न दिने सेवा सुबिधा हिमाली गाउँपालिका गरिने भएको छ। स्थानीय नागरिकहरु लाई सानोतिनो देखि ठुलठुलो उपचार गर्न जस्तोसुकै बिरामी भएको अवस्थामा पनि गाउँ घरमा रहेकोे अस्पतालमा सेवाको प्रवाह गरिने भएको गाउँपालिकाले जनाएको छ।

१० शैया अस्पताल निर्माणकार्य ८१ सालमा भवन बनाउने काम पुरा गरिने भएको छ। जसमा सुविधा युक्त भवन डिजाइन निर्माणको कार्य अगाडी बढी रहेको छ। अब केहि वर्ष भित्र अस्पताल भवन कार्य सम्पन्न हुने गरि निर्माणकार्य तिव्र रूपमा काम भैरहेको हिमाली गाउँपालिका इन्जिनियर मदन राज पाण्डेले बताउनुभयो।

स्थानीय नागरिक लाई अबको दिनहरूमा साधारण देखि जटिल खालका बिरामीको उपचार गर्नका लागि विभिन्न महँगो अस्पताल बाहिर धाउन पर्ने अवस्था कम गर्नका निम्ति अस्पताल भवन निर्माणकार्य भैरहेको छ। आर्थिक अवस्थाले कम्जोर भएको हिमाली गाउँपालिका रहेकोे हुँदा उक्त ठाउँमा सुविधा सम्पन्न अस्पताल बनाएर सञ्चालन गरियो भने यहाँका जनताको राहत स्वरुप सहयोग बन्ने पुग्ने रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

सुखी हिमाली समृद्धि हिमाली बनाउन गाउँपालिका विभिन्न स्वास्थ्य क्षेत्रमा लगानी गरेको छु। अझ भन्ने हो भने पालिका ७ वटा वडामा ७ स्वास्थ्य सेवा केन्द्र र ४ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरी २ वटा स्वास्थ्य चौकी गरि ११ वटा स्वास्थ्य संस्था सञ्चालन आइरहेका छन। अझ थप स्वास्थ उपचार गराउन पालिका भन्दा बाहिर धाउन नपर्ने तरिकाले लागिपरेको अध्यक्ष मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० १९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट