September 7, 2025 | आइतवार, भदौ २२, २०८२

जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० 0९:0९

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा घाइते मदन सार्की उपचार गर्न लैजाने क्रम बीच बाटोमा मृत्यु भएका छन।

धुलाचौर बाट कोल्टी जादै गरेको बोलेर जिप दुर्घटना भएको हो। जिप नम्बर लु.१ ज ४८२९ रहेकोे छ। गम्भीर घाइते भएका मदन सार्की वर्ष २७ का कोल्टी प्राथमिक स्वास्थ्य चौकी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको कोल्टी ईलाका प्रहरी कार्यालय सहायक निरिक्षक अशोक पालले जानकारी दिएका छन।

गौमुल गाउपालिका वडा नम्बर ३ का २२ वर्षिय वसन्त धामी सामान्य घाइते रहेकोे छन। जिप चालक खत्याड गाउँपालिका ९ का दल बहादुर लावर्ट लाई धुलाचौर प्रहरी चौकी कार्यालय धुलाचौरले नियन्त्रण लिएको छ। दुर्घटना बारेमा थप अनुसन्धान भैरहेको कोल्टी ईलाका प्रहरी कार्यालय सहायक निरिक्षक पालले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, मंसिर १४, २०८० 0९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  