October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू घाइते

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १०, २०८० १८:११
नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू  घाइते

पवन  तिमिल्सिना ,नेपालगन्ज / नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा परी  १७ वर्षिय छोरीको मृत्यु भएको छ भने बाबू घाइते भएकाछन । मृतक किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले सोही दीशाबाट आउँदै गरेको भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार पाठकको मृत्यु भएको हो । ठक्करबाट पाठकका बुवा दिलीपकुमार पाठक घाइते भएको  जिल्ला प्रहरी कार्यलय  बाँकेका सुचना अधिकारी प्रहरी  नायव उपरीक्षक नारायण  डाँगीले सेतीकर्णाली  खबरलाई बताएका छन । ठक्कर लगत्तै उद्धार गरि अस्पताल पठाइएकोमा चिकित्सकले किशोरी पाठकलाई मृत घोषणा गरेको उनले बताए ।
दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, मंसिर १०, २०८० १८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट