October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

भवानी माविका विद्यार्थी खानेपानी समस्या बाट मुक्त

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0४:४४
भवानी माविका विद्यार्थी खानेपानी समस्या बाट मुक्त

उमेश रोकाया/बाजुरा- भवानी माध्यमिक बिधालका विद्यार्थीहरुलाई खानेपानी समस्या बाट मुक्तमा भएका छन।

बिधालय विद्यार्थी चाप बढेपछि खानेपानीको समस्या रहेकोे थियोे। पहिला धारा स्कुलमा भएपनि विद्यार्थीलाई खानेपानी हल्का समस्या परेका हुन। अहिले स्कुलमा अर्को धारा बनाएपछि खानेपानी प्रशस्त रूपमा भएको छ। विद्यार्थीलाई पहिल्यै भन्दा अहिले बिधालय नजिकै धारा हुँदा साना बालबालिका देखि ठुलो विद्यार्थीलाई खानेपानी सजिलोसँग खाने गरेको बिधालय छात्र खगेन्द्र भण्डारीले बताएका छन।

स्कुलले पिउने पानी पहिलेको भन्दा धेरै राम्रो छ। पहिलो धारा पानी पिउनु पर्ने अवस्था हुँदा पर्खिनु पर्ने समस्या भएको थियोे। अहिले नयाँ ६ वटा धारा निर्माण गरेको कारणले बिधालयमा विद्यार्थीलाई खानेपानी समस्या फुर्सदमा पिउन पाएका छौ। पहिला धारो बिधालय अलिकति टाढा रहेकोे थियोे। भने अहिले बिधालय नजिकै हुँदा सबै विद्यार्थीलाई सरल तरिकाले खानेपानी पिउन पाएका छात्र हस्त रोकायाले बताएका छन।

हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालयमा खानेपानी समस्या हटेको छ। बिधालयमा धारा भएपनि बिद्यार्थीको संख्या पहिलो भन्दा बढेकाले खानेपानी समस्या भएको हो। अहिले नयाँ धारा निर्माण गरिसकेपछि समस्या हट्दै गएको छ। बिधालय कक्षा १ देखि ११ कक्षा संचालित भएको हुँदा विद्यार्थी बढनुका साथै पिउने पानी समस्या भएको थियो। स्कुलमा धारा थप धारा बनाइएको छ। पहिलेको विद्यार्थीको खानेपानी समस्या हटेको बिधालय प्रधानाध्यापक धर्मराज पाण्डेले बताउनुभयो।

हिमाली गाउँपालिका भौतिक सहयोगमा र आर्थिक रकम आइ.डि.एस. नेपाल सहयोगमा धारा बनाएको छ। बिद्यार्थीलाई स्कुलमा खानेपानी सहज बनाउनका लागि हाम्रो संस्थाको योगदान रहेकोे छ। पालिका बाट गैरसरकारी संस्थाले सहयोग खानेपानी धारा बनाइसकेका छौ। उक्त धारा निर्माणकार्य सम्पन्न गरी बिधालय बालबालिकाहरुले खानेपानी धारा प्रयोग आएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिमप्रसाद पाण्डेले बताउनुभयो।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट