October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0३:४२
ओखलढुङ्गामा तीन स्थानमा यात्रु सहायता कक्ष राख्ने

ओखलढुङ्गान्युज, । हिन्दूहरुको महान् चाड विजया दशमी तथा दिपावली घरघरमा भित्रनै लाग्दा ओखलढुङ्गामा पनि प्रहरीले यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ । हालसम्म छिमेकी जिल्लाहरुमा यात्रु सहायता कक्षको निमार्ण तथा सेवा प्रवाह सुरुवात भएपनि ओखलढुङ्गामा भने तयारी मात्र थालिएको हो ।

चाडबाडमा हुने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात र नागरिकहरुको चाप बढ्न थालेपछि ओखलढुङ्गामा पनि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए । जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यात्रु तथा सवारी साधनको चापलाई मध्यनजर गर्दै ओखलढुङ्गामा जिल्ला सदरमुकामको रमाईलोडाँडा र मिलनचोक तथा शहरबाट ओखलढुङ्गा छिर्ने प्रमुख नाका सुनकोशीको हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ ।

रमाईलोडाँडा  र मिलनचोक आसपासमा सवारी साधनको चाप पनि बढि हुने र चाडवाडको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने समस्याको तत्काल हल गर्नका लागि भन्दै यात्रु सहायता कक्षा सञ्चालनमा ल्याउन लागिएको हो । त्यस्तै हर्कपुर नाका हुदै काठमाण्डौंबाट ओखलढुङ्गा लगायत सोलुखुम्बु, खोटाङ र भोजपुरका लागि समेत सवारी साधनको प्रबेश हुने भएकोले उक्त स्थानमा पनि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी प्रमुख केसीले जानकारी दिए ।

यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि यात्राको क्रममा आइपरेका कुनैपनि समस्यालाई यात्रुहरुले सहायता कक्षमा राख्न सक्नेछन् । प्रहरी प्रमुख केसीको अनुसार गाडी सञ्चालकले लिने बढि भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी लगायत जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सक्नेछन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज २४, २०८० 0३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट