October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ३, २०८० 0५:३६
विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम सम्पन्न

 

३ भाद्र ,बाजुरा  विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम बाधु माध्यामिक विधालयमा सम्पन्न भएको छ।दुई दिने अभिमुखिकरण तालिमको आयोजना बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्वर १मा रहेको बाधु माबिमा गरिएको हो सो अभिमुखिकरण तालिमको प्रधानाध्यापक नैन बहादुर कार्कीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण आइ डि यश नेपालका जिल्ला संयोजक प्रेम प्रसाद खनाल र बाँधु स्वास्थ्य चौकि प्रमुख लक्ष्मि बुमिले गर्नुभएको थियो।

मुख्यरुपमा विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम उद्धेश्य तथा रणनीति
जुकाको औषधि , आइरन फोलिक एसिड,विधार्थिहरको प्रारम्भिक स्वास्थ्य चेकजाँच, विधालयमा प्रयोग गरिने हाँजिर रजिस्टर, प्राथमिक उपचार बाकस र महिनावारी स्वच्छता सम्बन्धि छलफल तथा अभिमुखिकरण गरिएको थियो । पाँचवटा बिधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुको उपस्थिति थियो । पालिकाका सुपरभाइजर हरुको पनि उपस्थिति रहेको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ३, २०८० 0५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट