October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० १0:२७
बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन ।

बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा स्थानियहरु सास्ती भोग्न बाध्य भएको र त्यो समस्या नगर सरकार प्रदेश सरकार र केन्द्र सरकारले विशेष गरि बाटो बनाउन पहल गर्नु पर्ने रहेको देखिन्छ । सानो तिनो योजनाले केही पनि नहुने भएकोले त्यो बाटोको लागि ठूलो योजना बनाएर नुरी सम्म सरासर हिड्ने बनाउनु ठूलो आबस्यकता रहेको बुढिनन्दा नगरपालिका वडा न ३ नुरीका स्थानिय पदम रोकायाले स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकार संग आग्रह समेत गरेका छन ।

हामी केहिले सम्म यस्ता दुख कति पाउने हो थाहा छैन । सधै नुरी बासीले जहिले पनि यस्ता दुख पाएको बर्सौ भयो कुनै समाधान हुन सकेको छैन अब पनि के नै हुन्छ र त्यस्तै हो नगर सरकारको सानो योजनाले त अझ केही बर्ष अगाडि तर पुग्ने सम्भावना नै नदेखिएको रोकायाले बताउनु भयो ।

जति सरकार आएर परिवर्तन भएको हामी नुरी बासी भुल्याना बासी कोल्टी बजार जाने र आउने पिडा कहिले नहट्ने हुन कि भन्न चिन्ता सम्म लाग्न थालेको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानिय लालवीर बि क ले बताएका छन ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, अशोज २, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट