October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अर्गानिक दिवा खाजा बिधालयमा

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0६:१२
अर्गानिक दिवा खाजा बिधालयमा

उमेश रोकाया,३०भाद्र/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका बिधालयमा दिवा खाजा अर्गानिक खुवाउने गरेका छन।

स्कुलमा अर्गानिक दिवा खाजा खाइरहेका छौ। पहिला बिधालयमा खाजा भात खुवाउने गरेका थिए। अहिले खाजा संगै तरकारी फर्सी, आलु, साग, मुला, गाज सहित मिसाएर खुवाउने गरेका छन। एक हप्ता ६ दिनमा दिवा खाजा निरन्तर बिधालय खाजा खाने गरेको बडिमालिका माध्यमिक बिधालय छात्र ओमप्रकाश चदराले बताएका छ्न।

दिवा खाजा कार्यक्रम महिनाको २६ दिन निरन्तर बिधालय खाजा खाएका छौ। बिधालय खुलेको समय हामीले खाजा खाने गरेको छ। हामीले पहिला दिवा खाजा भात मात्र खाइरहेका थियौ। अहिले भात संगै स्थानीय उत्पादन गरेको अर्गानिक हरियो साग, गोपि, मुला, गाजा, बन्दा, लगायत मिसाएर दिनप्रतिदिन दिनमा खाजा खाने गरिएको बडिमालिका माध्यमिक बिधालय छात्र धिरेन्द्र सार्कीले बताएका छन।

दिवा खाजा बिधालय बालबालिकाहरुलाई बिधालय खुलेको समय विद्यार्थीलाई खुलाउने गरेको छ। अहिले दिवा खाजा संग स्थानीय उत्पादन गरेको अर्गानिक हरियो सागपात लगायत मिसिएर खुवाउने काम भैरहेको छ। पहिलो भन्दा अहिले अर्गानिक खाजा खुवाउने गर्दा विद्यार्थी प्रभावित भएको बडिमालिका माद्यामिक बिधालय प्रधानाध्यापक यादप कुमार पौडेलले बताउनुभयो।

विश्व खाद्य कार्यक्रम र मर्सिकोर नेपालको आर्थिक सहयोग र गिफ्ट नेपाल बाजुराको आयोजनामा स्थानीय कृषि उपजमा आधारित बिधालय दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ देखि ७ वडा सम्मका बाल बिकास शिक्षा अध्यन गर्न देखि कक्षा ६ सम्म विद्यार्थीहरुलाई दिवा खाजा प्रत्येक बालबालिकाले ४० ग्राम भिटामिन `ए´ पाइने हरियाली तरकारी र फलफूल महिनामा २६ दिने बालबालिका लाई दिवा खाजा लगायत अर्गानिक दिइने गरेको छ। स्थानीय उत्पादन रायो, मुला, चिचिन्डा, पाल्ङु, प्याज, फर्सी, लौका, गिरौला र आलु मिसाएर खुवाउने गरेको गिफ्ट नेपाल बाजुरा कृषि प्राविधिक मनिषा महताराले बताउनुभयो।

बिधालयमा दिवा खाजा संग अर्गानिक
पनि खुवाउने गरेको छ। विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा आइ.डि.एस. नेपाल र गिफ्ट नेपाल बाजुराको साझेदारीमा सहजीकरणमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ। बिधालय बालबालिका आकर्षक गराउन र पोषण युक्त बालबालिका बनाउन मुख्य उदेश्य रहेको छ।

हिमाली गाउँपालिका २२ वटा बिधालय कक्षा १ देखि ६ सम्मका बिधालयमा जम्मा २ हजार ४ सय २० जना बालबालिका दिवा खाजा खाइरहेका छन। दिवा खाजा संगै अर्गानिक तरकारी मिसिएर खान जेष्ठ १५ गतेदेखि बिधालय बालबालिका खुवाउन सुरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट