October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन १२, २०८० १४:२२
हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका छन ।पहिरो पिडित अर्को स्थानमा बास बसिरहेका छन। गाउँमा साउन ११ गते रात देखि निरन्तर आएको अवरिल वर्षाले गर्दा गाउँमा २ घर पुर्ण क्षेती गरस्तमा रहेका छन। भने २० घर प जोखिम अवस्था रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले बताएका छन। क्षेती भएको २ घरका परिवारलाई वडा कार्यालय र बिच्छ्या अस्थायी प्रहरी चौकी विच्छ्याँ ले उद्धार गरेको वडा अध्यक्ष बुढाको भनाइ रहेकोे छ। पुर्ण रूपमा जोखिम भएको घर परिवारलाई वडा अध्यक्ष मंगल बुढाले वडा कार्यालय तर्फबाट २ कट्ठा चामल २ पोका तेल २ पाकेट नुन २ वटा साबुन सहित राहत स्वरुप पहिरो पीडित परिवारलाई दिएका छौँ। युना गाउँमा रहेका ८० घरपरिवार पुरै  पहिरो जोखिम अवस्था रहेकोे छन। गाउँको दुबै तिर ठाउँ ठाउँमा पहिरो जाने गरेको छ। अहिले तत्काल पहिरो पीडितलाई छाक टार्नका निम्ति रासन व्यवस्था गरेका छौ।अहिले त्रिपाल व्यवस्था गर्न्र सकेका छैनौ किन आफू सङ नभएको कारणले बजार धेरै टाढा भएको हिसाबले किन्नको लागि निकै समस्या भएकोले अहिले त्रिपालको समस्या भएको छ। दुई वटा बाढी पीडित परिवारलाई अर्काको घरमा बस्ने बासको व्यवस्था मिलाएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन १२, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट