October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ८, २०८० १५:५0
अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

देबराज पाध्याय
साउन ८
बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन ।
राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ ।
अबिरल बर्षाले कुनै मानविय क्षति भने हुन पायन तर दर्जनौ घर हरु पहिरोका उच्च जोखिमा पर्नुका साथै सार्वजनिक भौतिक सम्पति का पुर्वाधारहरुमा ठुलो क्षेति भएको वडा अध्यक्ष पाध्यायले बताए का छन्। अहिले त्यस घटना स्थलमा प्रहरी तथा जनप्रतिनिधिहरुको टोली अनुगमनमा गईसकेका छन् ।
ढम्कनेमा रहेकाे आलुकाे भण्डारण केन्द्र र साे नजिकै रहेकाे दलित बस्ती पुरै बिस्थापित भएकाे वडाअध्यक्ष पाध्यायले बताएका छन् ।तल्ला  दुदली र खम्म काे खानेपानी मुहान समेत पहिराेले बगाएर त्यस बस्तीका बासिन्दालाई खाने समेत खानकाे लागि समस्या भएकाे स्थानिय सुरेन्द्र ब धामीले बताएका छन् ।
आईत बार राती अायकाे अबिरल बर्षाका कारण किसानले लगाएका तरकारी टणेल रआलुबारी समेत बगाएर क्षती गरेकाे छ ।किसानले बर्षादकाे बेला बेमाैषमी बन्दा र काउली खेती उत्पादन गरेर पैसाकमाउने साेच राखेकाे थिय आज राती नै टनेल समेत पहिराेले पुरीदियाे मेराे लगानी र मिहनेत त्यतिकै खेर गयाे भनी कृषक दिपेश कुमार तिमिल्सेनाले बतायका छन् ।याे सालकाे अहिले सम्म काे ठुलाे क्षतिभयकाे छ ।
आफ्ना वडाबासि हरुलाई बर्षायाममा सबैले सचेत र सजग रहन समेत रहन र प्राकृतिक प्रकोप जन्य घटनाहरुबाट सुरक्षित रहन वडा अध्यक्ष पाध्यायले वडाबासीलाई अनुरोध गरेका छन ।
बर्षाकाे कारण रजातेली देखि कांध सम्म काे सडक समेत बिग्रेर मानिसहरु हिड्डुल गर्न समेत समस्या भएकाे छ भने गाउघरका चाैपाया तथा मानिस हरुलाई आवत जाबत गर्ने बाटा हरु नहुदा सारै समस्या भएकाे स्थानियकाे भनाई रहेकाे छ अहिले सबै सुरक्षित यरियामा सरिसकेका छन् ।भाैतिक क्षति भयता पनि धनजनकाे क्षति भने केही भएकाे छैन

  • सेती कर्णाली खबर
  • सोमवार, साउन ८, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट