October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२० परिवार जनजातिलाई राहात वितरण

  • सेती कर्णाली खबर
  • आइतवार, असार ३१, २०८० 0८:४१
२० परिवार जनजातिलाई राहात वितरण

संगिता तिमिल्सिना ३१ असार, बाजुरा
बढीनन्दा नगरपालिका वडा नं ३ का जनजाति परिवारलाई राहात वितरण गरिएको छ । सामाजिक अभियन्ता तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि रिता शाहीकाे समन्वय तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पहल सुनिता गुरूङकाे समन्वयमा बुढीनन्दा नगरपालिका वडा नं ३ खुवाका २० परिवारलाई प्रति परिवार १ कट्टा चामल, १ केजी नुन, १ केजी चिनिब र १ पाेका भुजा वितरण गरिएकाे हाे ।
सामाजिक अभियन्ता शाहीकाे पहलमा युके लण्डन निवासी पुष्पा राईकाे सहयाेगमा बुढीन्दा नगरपालिका वडा नं ३ खुवा घर भएका र दानसाँघु बसाेबास गरिरहेका २० परिवारलाई राहात वितरण गरिएकाे हाे ।
दानसाँघुमा बसिरहेका जनजाति समुदायमा अहिले व्यवसाय पनि नचलेकाे र आफ्नाे खेतियाेग्य जमिन भएकाे पनि खाेलाले बगाएकोले अहिले जिविकाेपार्जनमा अति नै समस्या भैरहेकाे बेला सहयाेग गर्ने सहयाेगीहरूलाई स्थानीय सुनमति गुरूङले धन्यवाद दिएकी छन् ।
सामाजिक अभियन्ता तथा समाजसेवी शाहीले दुर्गम तथा पिछडिएका गरिब तथा निमुखालाई राहात वितरण गर्दै आएकी छन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, असार ३१, २०८० 0८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट