संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लागि प्रस्ताव गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने गर बजेट विनियोजन गरिएको छ ।
प्रस्तावित बजेटमा ११ करोड ९९लाख ८८ हजार २ सय ५७ रुपैया आन्तरिक राजस्वमा देखाएको छ । भने संघिय सरकारबाट ३१ करोड ५९ लाख र प्रदेश सरकारबाट ९० लाख ५३ हजार बजेट विनियोजन गरिएको छ ।
पालिकाको सबै सामुदायिक विद्यालयलाई शैक्षिक सुधारका लागि जग बसाउने गरि बजेट तय गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोश कुमार शाहले बताएका छन् । नगर प्रमुख शैक्षिक कार्यक्रम र नगर प्रमुख रोजगार कार्यक्रमलाई शैक्षिक संरचना विकासमा नै केन्द्रीत गरिएको छ ।
कुल बजेटको आधा बढी लगानी शिक्षामा गर्ने गरि बजेट प्रस्ताव गरिएको र व्यक्तिगत योजना र केही व्यक्तिका स्वार्थ जोडिने योजनाको अन्त्य गरिएको बताएका छन् । “सुखी जनता समृद्ध बुढीनन्दा नारालाई नगर सरकारले यो वर्षपनि निरन्तरता दिएको छ ।
पाकिलाले शिक्षाका लागि दिर्घकालिन र अल्पकालिन शैक्षिक योजना निर्माण गर्ने, ११ र १२ कक्षासम्म पनि कुनै प्रकारको शुल्क नलिने, विद्यालय समायोजन कार्यक्रम अघि बढाउने नीति लिएको छ ।
नगर प्रमुख जनक कुमार बोहराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अंग्रेजी, विज्ञान गणित विषयमा सुधारात्म कक्षा सञ्चालन गर्ने, कक्षा ३, ५ र ८ मा नगर स्तरीय परीक्षा सञ्चालन गर्ने, नगरपालिकाका उत्कृष्ट विद्यालय, प्रअ, शिक्षक र व्यवस्थापन समितिलाई सम्मान गर्ने नीति पारित गरेको छ ।
बुढीनन्दाले विद्यार्थी तथा शिक्षकको सहभागीता हुने गरी विद्यालय स्तरमा योग शिविर सञ्चालन गर्ने, टोलटोलमा आमा तथा अभिभावक शिक्षा सञ्चालन गर्ने, हलिया, खलिया, दलित, जनजाती, मुस्लिम, दण्डपीडीत र अन्य विपन्न परिवारका उत्कृष्ट विद्यार्थी मध्येबाट बार्षिक रुपमा कम्तीमा २० जना विद्यार्थीलाई नगर प्रमुख छात्रवृती प्रदान गर्ने नीति लिएको छ ।
पालिकाका ५ वटा विद्यालयमा यो वर्षबाटै अंग्रेजी माध्यामबाट पठन पाठनको व्यवस्था गर्ने, कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरुस्कृत गर्ने, लोगसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा नगरपालिका भित्रै संचालन गर्ने नीति लिएको छ ।
नगर पालिकाले एक वडा एक नमुना विद्यालय नीति अघि सारेको छ । भने पालिका स्तरमा एक प्राविधिक शिक्षालय सञ्चालन गर्ने नीति लिएको छ । पालिकाले स्वस्थ बुढीनन्दाको बहार घरदैलोमा गुणस्तरिय स्वास्य उपचार भन्ने नारा अघि सारेको छ ।
मानसिक स्वास्थ्य स्वस्थ बनाउन परामर्श सेवा र पालिकामा स्वास्थ्य बिमा लागु नभएकाले स्वास्थ्य बिमा कार्यक्रमलाई अनिवार्य गर्ने, विद्यालय स्तरमा स्वास्थ्य शिक्षा र स्वास्य उपचार सेवा अभियान गर्ने नीति लिएको छ ।
कक्षा ८ देखी १२ सम्म संचालित विद्यालयमा एक स्कुल एक स्वास्थ्य कर्मीको व्यवस्थापन गर्ने, कृषक संग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, एक घर बिस सेयर कार्यक्रम कृषी क्षेत्रमा पब्लिक लिमिटेड कम्पनी स्थापना गरी परियोजना लागु गर्ने निर्णय गरेको छ ।
पालिकामा निर्माण हुन बाँकी १० वटै वडा कार्यालय निर्माणको काम अघि बढाउने, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा व्यवसायीक भवन निर्माण गर्ने, कोल्टी शिवपार्क क्षेत्रमा बहुउदेश्यीय भवन निर्माण गर्ने नीति लिएको छ ।
एक वडा एक युवा व्यवसायी कार्यक्रम लागु गरी कार्यन्वयनमा गर्ने, एक घर एक धारा अभियानलाई आत्मसाथ गर्दै नगरवासी लाइ शुद्ध खानेपानीको पहुचँमा पुर्याउने, पालिकाको तीन स्थानमा शवदाह स्थल बनाउने, न्याय सम्पादन र न्याय सेवाको कामलाई गाउँ स्तरमा लैजाने नीति पालिकाले अघि सारेको छ ।
नगर विकासका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने, भाषा सँस्कृति, साहित्य र कला क्षेत्रको प्रवद्र्धन र विकासका लागि समेत पालिकाले बजेट विनियोजन गरेको छ । नगर सभाका सदस्यहरुले पनि बजेट नयाँ र जनतासँग जोडिएर आएको प्रतिक्रिया दिएका छन् ।