October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ४, २०८० 00:३६
माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ।

वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज देखि महोत्सव सुरु हुने भएको छ।

हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा र कोल्टी उद्योग वाणिज्य संघ बुढिननदा नगरपालिका कोल्टी सह आयोजकमा सञ्चालन गरिएको छ। नेपाल पर्यटन बोर्ड काठमाडौ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेश धनगढी, कैलालीको समन्वय तथा आर्थिक सहयोग रहेकोे महोत्सव समितिले बताएका छन।

हामी अहिले महोत्सव तयारी अन्तिम चरणमा रहेको छ। महोत्सवमा बाजुरा जन्माएका ख्यातिप्राप्त कलाकार लाल बहादुर थापा, प्रकाश थापा, सुप्रीम मल्ल, प्रभुराज पाण्डे, कृति बहादुर सिंह, मन बहादुर रोकाया, बिनाद बजुरेली भटभटे माइला भेगम नेपाली लगायतका संस्कृतिको कार्यक्रम वृहत् रूपमा गरिने भएको छ। महोत्सवका लागी मञ्च ब्यवस्थापन, सुरक्षा ब्यवस्थापन र स्वयमसेवक परीचालन लगायतका तयारी पुरा भएको महोत्सव समिति दल बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ४, २०८० 00:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट