October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अर्थ मन्त्री शाहीलाई माधब नेपालकाे बधाई

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २९, २०७९ १२:३१
अर्थ मन्त्री शाहीलाई माधब नेपालकाे बधाई

२९ माघ धनगढी– नेकपा एकीकृत समाजबादी बाट सुदुरपश्चिम सरकारमा सहभागी हुनु भएका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पाटी अध्यक्ष माधब कुमार नेपालले बधाई सहित सम्मान गर्नु भएकाे छ ।

७९ मंसिर ४ काे निर्वाचनमा निर्वाचित जनप्रतिनिधि बाट सुदुरपश्चि प्रदेश सरकारमा पाटीकाे तर्फ बाट सरकारमा सहभागी भई महत्वपुर्ण  मन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेकाे भन्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले खादामाला लगाएर सम्मान गर्नु भएकाे हाे ।

आज आईतबार नेकपा एकीकृत समाजबादी  सुदुरपश्चिम प्रदेश कमिटी ले आयाेजना गरेकाे छैठौं बैठकलाई सम्भाेधन  गर्न प्रदेश राजधानी धनगढी पुग्नु भएका अध्यक्ष माधब कुमार नेपालले सरकारमा प्रभावकारी र जनताका पक्षमा काम गर्न समेत निर्देशन दिनुभएकाे छ ।

बैठकलाई सम्भाेधन गर्दै नेता नेपालले एकीकृत समाजबादी पार्टी सरकारमा जान पद प्राप्त गर्न कुनै पनि हताराे नभएकाे भएपनि परिस्थिति अनुसार आफुहरू सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी भएकाे बताउनु भयाे । सातै प्रदेश मध्य  सुदुरपश्चिम प्रदेशमा पाटी सरकारमा सहभागी हुनुलाई पाटीले महत्वका साथ हेरीएकाे  र  नमुना काम गर्ने अपक्षा गरीएकाे छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ २९, २०७९ १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट