September 10, 2024 | मङ्लबार, भदौ २५, २०८१

हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १७, २०८० १९:४६
हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै गुम्बाबासीलाई स्वास्थ्य सेवामा सहज हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिएका छन् । हिमाली गाउँपालिकासँग संघीय संरचना पछि २ वटा रुगिन र बिच्छ्या स्वास्थ्य चौकी मात्रै थिए । ६ वर्षको अवधीमा हाल ११ वटा स्वास्थ्य संस्था थपेर १३ वटा पुगेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

गुम्बा गाउँबाट अर्को गाउँ पुग्नै एकदिन लाग्ने, भौगोलिक विकटता र सडक बाटो नै नभएकोले गाउँ विच्छ्याँ नै स्वास्थ्य संस्था आवश्यक भएकाले पालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताएका छन् । गाउँमा आधारभुत स्वास्थ्य सेवा नभएका कारण उनीहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनका लागि पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनु परेको प्रशासकीय अधिकृत गाउँपालिका अध्यक्ष मल्लले बताए ।

हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँमा सिंगो जनजाति बस्ती मात्रै बसोबास गर्ने गरेको छ । पशुपालन र जडीबुटी खेतीबाटै उनीहरुले जीवन निर्वाह गर्ने गरेका छन् । २५ बढीको परिवार संख्यामा बसोबास रहेको गाउँका केही भेडा सहीत हिउँदमा बेसी झरेपछि बालबालिका र वृद्धवृद्धा गाउँमै बस्ने गरेका छन् । हिउँदका चार महिनासम्म अत्याधिक चिसो हुने र हिउँले एक गाउँबाट अर्को गाउँमा जान समेत समस्या हुने गरेको छ । आधारभुत सेवा सञ्चालनसँगै महिला बालबालिकाका लागि सहज हुने गाउँपालिकाले जनाएको छ ।

गाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनसँगै औषधी सहीत स्वास्थ्य कर्मी समेत पठाइएको गाउँपालिकाले बताएको छ । १ जना अनमी, १ जना अहेब र १ जना कार्यालय सहयोगीले काम गर्ने गरि कर्मचारी व्यवस्थापन गरिएको छ । मतदानका लागि समेत बास बस्नुपर्ने र सामान्य उपचारका लागि समेत बास बस्नुपर्ने बाध्यता आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै हटेकोमा स्थानीय खुसी भएका छन् ।

लामो प्रयास पछि गाउँपालिका सफल भएको अध्यक्ष मल्लले बताएका छन् । गाउँमै सुरक्षित प्रसुती सेवा पनि सञ्चालन हुने भएको छ । हालसम्म गाउँका अधिकांशले घरमै बच्चा जन्माउनु पर्ने बाध्यता थियो । हिमाली जिल्लाकै विकट र भौगोलिक रुपमा दुर्गम पालिका हो । भने विच्छ्याँ क्षेत्रको गुम्बा गाउँ झनै सर्वाधिक विकट मानिन्छ ।

हिमालि गाउपालिकाको अति दुर्गम संगै चाइना जाेडिएको गुम्बा गाउँ हिमालको चुचुराको मुनि रहेको छ। वडा नम्बर ३ को दुर्गम गाउँ गुम्बा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि स्वास्थ कर्मचारी खटाएको र औषधी समेत लगेर स्वास्थ सेवा सञ्चालन गरिएको हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन। त्यहाका स्थानीय गर्भवती र सुत्केरी आमा लगायत सम्पुर्ण त्यहाको बस्तीले स्वास्थ्य सेवा पाउने भएका छन। पालिका भरी दुइ वटा मात्र स्वास्थ्य चौकी भएको थियोे।

स्थानीय सरकार आए पश्चात् गाउँपालिकामा सात वटा वडामा १३ वटा स्वास्थ्य संस्था स्थापना गरि सेवा प्रवाह गरिएको छ। हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बढी भन्दा ध्यान केन्द्रीकृत गरेकोमा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल र निमित्त प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारीलाई विशेष हिर्दय देखी धन्यवाद दिएका छन। गुम्बा लगाएत सबै स्वास्थ्य सस्थ्यामा औषधिको साथै स्वास्थ्य शाखा बाट स्वास्थ कर्मचारी पठाइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सुधारको लागी पछी लाग्ने स्वास्थ्य शाखा प्रमुख मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • -