अर्जुन बिष्ट मंसिर २६ रुकुम पस्चिम – जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट ४ को लेवा तर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा–५ दिपक अधिकारी , नैनसरा अधिकारी , जैकुवरा बुढा , रामबहादुर बुढा, वडा नं .६ वीर बहादुर खत्री , देवीसरा बुढा , अमर अधिकारी , निषा अधिकार र दैलेख जिल्ला भगवती माई गाउपालिका वडा २ का मान बहादुर रावत र बिरेन्द के सी र अमर खड्काको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिएका छन ।
छेडागाड नगरपालिका वडा–५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।