March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

बाजुरा स्वामिकार्तिक देउरामा कृषि जैविक विविधता मेला भव्य, उत्कृष्ट कृषक पुरस्कृत

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ५, २०८२ 0१:१५
बाजुरा स्वामिकार्तिक देउरामा कृषि जैविक विविधता मेला भव्य, उत्कृष्ट कृषक पुरस्कृत

 

सेतीकर्णाली खबर

उमेश जङ्ग शाही ५ चैत्र   बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिका–४ देउरामा बुधबार  आयोजित “कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला–२०८२” उत्साहपूर्ण सहभागिताका साथ सम्पन्न भएको छ। स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई मुख्य लक्ष्य बनाउँदै आयोजना गरिएको मेलाले क्षेत्रमै नयाँ सन्देश दिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुलोचना कुमारी  बुढा सभापतिका रूपमा उपस्थित रहनुभएको थियो। साथै गाउँपालिकाका पाँचै वडाका जनप्रतिनिधि र विभिन्न साखाका प्रमुख, बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका तथा हिमाली गाउँपालिकाका कृषि शाखा प्रमुखहरू,राष्ट्रिय कृषि आधुनिकिकरण स्याउ तथा ओखर जोन पिलुचौर कार्यालय प्रमुख शेर बहादुर केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
मेलामा स्थानीय अन्नबाली, रैथाने बिउबिजन तथा परम्परागत खाद्य परिकारहरूको आकर्षक प्रदर्शनी गरिएको थियो। कार्यक्रमलाई अझ जीवन्त बनाउन महिला देउडा नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको कृषि शाखा प्रमुख बिनोद शाहीले जानकारी दिनुभयो। सांस्कृतिक प्रस्तुतिले मेलालाई मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको सहभागी अगुवा कृषक कोइली देवि शाहीको भनाइ रहेको छ।
निर्णायक समितिको निर्णयअनुसार उत्कृष्ट प्रदर्शनी गर्ने कृषकहरूलाई प्रथम, दोस्रो र तेस्रो स्थान प्रदान गर्दै पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो। रैथाने बालिको बृदिबिकास गरि आत्मनिर्भर बनेेर स्वामिकार्तिक खापर गाउपालिकालाई कृषिक्षेत्रको उचाइमा पर्याउन कृषकहरुलाई गाउपालिका उपाध्यक्ष सुलोचना बुढाले आग्रह गर्नु भयो ।
उक्त कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना तथा RERAS परियोजनाको सह–आयोजनामा सञ्चालन गरिएको थियो।
आयोजकले यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनको पहिचान स्थापित गर्न टेवा पुग्ने रिरास परियोजनाका प्राविधिक रामचन्द्र उपाध्यायले बताउनु भयो।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ५, २०८२ 0१:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट