May 28, 2025 | बुधबार, जेष्ठ १५, २०८२

उपाध्यक्षद्वारा जोरुमा सामुदायिक स्वास्थ्य इकाइ कार्यालय उद्घाटन

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १२, २०८२ 0५:0९
उपाध्यक्षद्वारा  जोरुमा सामुदायिक  स्वास्थ्य  इकाइ कार्यालय उद्घाटन

सेतीकर्णाली खबर

 ११ जेठ बाजुरा /  स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका थिए ।गाउँपालिकामा आफू उपाध्यक्षमा निर्वाचित भए लगत्तै जोरू बासिको समस्यालाई मध्यनजर गर्दै जोरूगाउँमा सामुदायिक स्वास्थ इकाई कार्यालय स्थापन गरेको पालिकाकी उपाध्यक्ष शुलोचना कुमारी भन्डारी (बुढाले) बताए ।
जोरू गाउँमा सामुदायिक स्वास्थ्य इकाई कार्यालय सञ्चालन गर्दा  जोरूबासिहरूले सामान्य विरामीको उपचार  गाउँमै   गर्न भाएकाे भन्दै खुसि व्यक्त गर्छन । स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित जाेरूमा सामुदायिक स्वास्थ्य इकाई संञ्चालनमा आएकाे छ । याे स्वास्थ्य इकाई संचालनसंगै जाेरूकाे माथिल्लो बस्तीका नागरिक स्वास्थ सेवा र बर्थिङ्ग सेन्टरबाट लाभान्वित हुने अपेक्षा गाउँपालिकाले गरेकाे उपाध्यक्ष भडारी बुढाले बताइन ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १२, २०८२ 0५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट