November 8, 2026 | आइतवार, कार्तिक २३, २०८३

१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १६, २०८१ 0४:२२

बाजुराः  हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते बिहान ४ः०० बजेको समयमा घरबाट निस्केको र भागेको भन्ने घरबेटिले भने बमोजिम अक्त बच्चा अहिले सम्म घरपरिवार र आफ्न्तहरू कसैको पनि सम्पर्ग नआएको बताइएको छ ।
होचो कद तथा गोरो अनुहार भएका ५ दिनदेखि घरपरिवार र आफ्न्तहरु संग सम्पर्क विहिन रहेका बालक बुढथापाको खोजी कार्य गरिदिन तथा कसैले फेला पारेमा ९७६५२९१८९७ र ९८५७०४४४९२ मा सम्पर्क गर्न बालकका घर परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन १६, २०८१ 0४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  