August 6, 2026 | बिहिबार, साउन २१, २०८३

योगदान राष्ट्रको लागि संस्थाको काठमाडौं महानगरपालिका कार्यसमिति गठन

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १३, २०८१ १0:२८
योगदान राष्ट्रको लागि संस्थाको काठमाडौं महानगरपालिका कार्यसमिति गठन

 सेतीकर्णाली खबर १३ फागुन, काठमाडौं ।योगदान राष्ट्रको लागि  संस्थाले पालिकास्तरमा समिति गठन गर्ने क्रममा काठमाडौं महानगरपालिका समिति (काठमाडौं) गठन गरेको छ ।
मंगलबार चाबहिल गोपीकृष्ण स्थित ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको भेलाबाट शर्मिला थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमिता अधिकारी, सचिवमा दिनेश रुवाली, कोषाध्यक्षमा बिजना त्रिताल चयन हुनभएको छ ।
सदस्यहरुमा कल्पना राउत, रीतिका उप्रेती, शान्ति थापा, लक्ष्मी उप्रेती, प्रतिमा पोख्रेल उप्रेती, सुवास बुढाथोकी, दुर्गा आङ्देम्बे रहनुभएको छ । बाँकी सदस्य पछि थप गरिने जनाएको छ ।
मुख्य सल्लाहकारमा लक्ष्मी बराल चयन हुनुभएको छ ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उहाँले नयाँ कार्य समितिलाई बधाई दिनुहुँदै योगदानको उद्देश्य अनुसार अघि बढ्न आग्रह गर्नुभयो । एक घर एक प्राथमिक उपचारक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको संस्थाको मर्म अनुसार स्वयंसेवकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक उपचार हरेक नागरिकले जान्नुपर्ने आवश्यकता रहेकाले प्राथमिक उपचारको बारेमा जनचेतना जगाउने काममा अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सचिव विष्णुमणी भण्डारीले योगदान राष्ट्रको लागि ले देशमा ७ सय ५३ वटै पालिकामा समिति गठन गर्ने गरी अघि बढेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, केशव प्रसाद दंगाल, बैकल्पिक केन्द्रीय सदस्य उमेशजङ शाही, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्ण प्रसाद चौलागाई, आजीवन सदस्य अमिता अधिकारी, लक्ष्मी बराल, रिता नेपाल, रमेश भण्डारी, नविना खड्का सापकोटा, रीतिका उप्रेती, शर्मिला थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले गर्नुभएको थियो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १३, २०८१ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  