काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा भएकाे जारी टी-२० विश्वकपको १९औँ खेलमा भारतले पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।
जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार बेहाेरिरहेकाे छ। टी–२० भारतले रक्षा गरेको यो सबैभन्दा कम योगफल पनि हाे ।