October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ १३:५५
काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले आगलागी घरपरिवारलाई राहत वितरण

सेतीकर्णाली,बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको सहयोगमा आगलागी पीडितलाई राहत दिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित धुलाचौर पुर्वलाल पाण्डेको घरमा आज दिउँसो आगलागी हुँदा धनमाल लाखौं क्षति भएको छ। आगलागीमा भएको घरका परिवारलाई सानो सहयोग भएपनि एक गाँस खानका लागि रात खटाउन निम्ति सहयोग गरेका छौ। हाम्रो नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले दुख व्यक्त गरेको छ। यो बेला सुख्खा मौसम आगलागी हुने प्रशस्त सम्भावना हुँदा यसलाई सचेत हुन पनि आग्रह गरेको छ। दुखलाई न्यूनीकरण गर्नका लागि नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पहलका लागी लागिरहेको उपसभापति तिर्थ मल्लले बताएका छन।

आगलागी हुँदा धनजनको पुर्ण रूपमा क्षति भएको छ। त्यसलाई नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति दुख व्यक्त गरेको छ। आगलागी पीडित लाई थोर सहयोगका लागि एक कट्टा चामल १ के.जी. दाल तेल २ पाकेट नुन २ पाकेट सहित राहत हस्तान्तरण गरेको छौँ। केही दिनका लागि खान रूपमा सहयोग गरिएको छ। यस्ता घटना अब धेरै घटन सक्ने अवस्था हुँदा हामी सबैले सचिव हुनुपर्ने जरुरी छ। पीडित शान्तना प्रदान गर्नका लागि सम्बन्धि ठाउँमा पुगेर राहत दिएका छ। थप पहलका लागि स्थानीय सरकार तथा गैरसरकारी संस्था बाट पहल गरिने नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले जनाएको छ।

राहत वितरण नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, रमेश विक नेपाल काङ्ग्रेस हिमाली गाउँ कार्य समिति सभापति अमलाल कार्की उपसभापति तिर्थ मल्ल कोषाध्यक्ष दिपचन्द्र उपाध्याय सहित नेपाली काङ्ग्रेस कार्यकर्ता सहभागिता आगलागी पीडित घरपरिवारलाई राहत वितरण गरिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति उपसभापति तिर्थ मल्लले जनाए।

  • सेती कर्णाली खबर
  • सोमवार, बैशाख ३१, २०८१ १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट