November 16, 2025 | आइतवार, मंसिर १, २०८२

हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन ७, २०८० 0९:१0
हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा भेडा र बाख्रा सहित २ हजार ५ सय वटा जति पि.पि.आर. भ्याक्सिन खोप लगाएका छन। रेबिज खोप ५० जना कुकुरहरुलाई लगाएको छ।

आन्तरिक तथा बाहिर प्रजिवी नियन्त्रण गर्नका लागी १ दिने पशु शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा ३ सय वटा गाई, ५० वटा भैंसी र ३० वटा चौरी सहितका लाई गाउँमा गएर उपचार गरिएको छ। शिविर सञ्चालनका लागि हिमाली गाउँपालिका आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले बताएका छन।

एउटा वडामा पि.पि.आर. भ्याक्सिन खोप लगाउने काम सम्पन्न गरिएको छ। अब हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा भित्रका गाउँका बस्तीमा भ्याक्सिन खोप लगाउन सुरु गरिने गाउँपालिकाले जानकारी दिएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन ७, २०८० 0९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट