January 14, 2025 | मङ्लबार, माघ १, २०८१

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० १५:0८
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

मलेखु । धादिङमा बुधबार मात्र अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४, चिरौदी पुलनजिक तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल काठमाडौंतर्फ नै जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च ९३३६ नम्को कारमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक र उनकी श्रीमती २४ वर्षीया ज्योति पाठकको अवस्था गम्भीर रहेकाले थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको प्रनाउ जैसवारले जानकारी दिए ।

बसमा सवार काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीया सुनिता कार्की, उनकी छोरी तीन वर्षीया कृतिका, धादिङको नीलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जीवप्रसाद धमला, ७० वर्षीया धनिमाया धमला घाइते भएका छन् ।

यस्तै, धादिङकै सिद्धलेक गाउँपालिका–१ का ५५ वर्षीया खुसकुमारी तिमिल्सेना, नौ वर्षीया सन्ध्या तिमिल्सेना, नीलकण्ठ–११ का ४४ वर्षीया राजकुमारी श्रेष्ठ, ४३ वर्षीय सोमबहादुर गुरुङ घाइते भएका छन् ।

धादिङकै थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनकी छोरी २१ वर्षीया सम्झना पनि घाइते भएका छन् ।

तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा त्यसमा सवार अघिकांशको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्बी भरोसा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा सवार दुई र बसमा सवार तीनजनालाई काठमाडौं पठाइएको छ । तीनवटै सवारीसहित बस र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना बुधबार मात्र यो चौथोे हो । यसअघि, गजुरी गाउँपालिका–६, बन्छेटारमा काठमाडौंतर्फ जाँदै गरेको बा४ख ४१७७ नम्बरको माइक्रोबस र काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजना घाइते भएका थिए ।

यस्तै, बेनीघाट रोराङ गाउँपालिका–३, शीतलबजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजना घाइते भएका थिए । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका थिए । रासस

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ८, २०८० १५:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  