September 16, 2024 | सोमवार, भदौ ३१, २०८१

विद्यालयमा स्वास्थ्य तथा पोषण सम्बन्धि समीक्षा तथा संयुक्त अनुगमन

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २६, २०७९ १३:५४
विद्यालयमा स्वास्थ्य  तथा पोषण सम्बन्धि समीक्षा तथा संयुक्त अनुगमन

मंसिर २६ बाजुरा – विश्व खाध कार्यक्रमको आर्थिक सहयोग र एकीकृत बिकास समाज नेपालको सहजिकरणमा स्वामिकार्तिक गाँउपालिकाको वडा ४ छापु स्थित श्री कर्णाली आधारभुत बिधालयमा विधालय स्वास्थ्य पोषण सम्बन्धि पालिका स्थरिय वार्षिक समीक्षा कार्यक्रम, सयूक्त अनुगमन तथा भ्रमण कार्यक्रम
गाउँपालिका उपाध्यक्ष मैना जोसी संयोजकत्वमा सम्पन्न भएको छ भने
निमित्त प्रसाशकिय प्रमुख अमर रोकाया,शिक्षा प्रमुख दिपक शाही,
स्वास्थ्य प्रतिनिधि भक्त कैला, ३वडा अध्यक्ष प्रेम कट्टेल,
गाउँकार्यपालिका सदस्य पुर्ण कैला, कार्तिके बिक
र आइ. डि. एस. नेपालको जिल्ला प्रमुख प्रेम प्रसाद खनाल,
हिमालि गापा का पालिका सुपरभाइजर भिम प्रसाद पाण्डे , स्वामिकार्तिक खापर गाउपालिका सुपरभाइजर मंगलबुढा लगाएत पत्रकार , स्थानिय अभिभावक र विधालयका शिक्षकहरुको उपस्थितिमा विधालय स्वास्थ्य पोषणका आठ वटा आधारभुत क्रियाकलापहरुलाई समेट्दै सयूक्त अनुगमन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रमको सहजिकरण आइ. डि.एस. नेपालको जिल्ला प्रमुख प्रेम प्रसाद खनालले गर्नु भयो । मुख्य क्रियाकलापहरु
विधार्थीहरुको शारिरिक चेक जाँच, जुकाको औषधि वितरण , आइरन फोलिक एसिड वितरण, विधार्थीको प्राथमिक उपचार, पोषण र सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रम , दिवा खाजा प्रबर्द्धन , विधालयमा महिनावारी स्वच्छता व्यबस्थापन र रेकर्डिङ तथा रिपोर्टिङ बिधालयमा स्वास्थ्य पोषण कार्यक्रमका मुख्य आधारभूत क्रियाकलापहरु हुन।आधारभुत क्रियाकलाप मध्य केही क्रियाकलाप पुराहुन नसकेका क्रियाकलाप लाई पूरा गर्न पालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुले प्रतिबद्धता जायर गरेको हिमाली गाउपालिका आइ .डि.यस. नेपालका सुपर भाईजर भिम प्रसाद पाण्डेले सेतीकर्णाली खबरसंग बताएकाछन ।

  • सेती कर्णाली खबर
  • सोमवार, मंसिर २६, २०७९ १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट