प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]