बाजुरा माघ २ फागुन २१ गते हुन गईरहेकाे प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो ।जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार बाजुरामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम […]
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। निर्वाचन व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ जिल्लाको सदरमुकाम चैनपुरस्थित जिल्ला अदालत परिसरमा शुक्रबार उक्त कार्यालय स्थापना गरिएको हो। बझाङ जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले कार्यालयको औपचारिक उद्घाटन गर्दै […]
प्रधान मन्त्री शुसिला कार्कीीका प्रेस सल्लाहकारमा पत्रकार राम बहादुर रावल नियुक्त हुने भएका छन् ।उनलाई प्रधान मन्त्री कार्कील प्रेस सल्लाहकारमा नियुक्त गर्नलागेकी हुन् । बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ। पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]