सेतीकर्णाली खबर उमेश जङ्ग शाही ५ माघ बाजुरा – मानव संशोधन केन्द्र (HRC) बाजुराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार मार्तडी स्थित स्वामिकार्तिक प्लाजाको सभाहलमा मानव संशाधन केन्द्र बाजुराले १७ औँ साधारण सभाको आयोजना गरेको थियो। १७ औँ साधारण सभाको सभाअध्यक्ष मानव संशाधन केन्द्र बाजुराका अध्यक्ष निर बहादुर शाहीले गरेका हुन भने प्रमुख अतिथि […]
बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचित भएको करिब एक महिना पछाडि शुक्रवार एक औपचारिक कार्यक्रमविच कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रमका बिच पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष छक्क मल्ल नेतृत्वको कार्यसमितिले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । मल्ल नेतृत्वको पूर्व […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रकाे पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सम्पन्न भएको हो । शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति […]
बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका […]
सेतीकर्णाली खबर शारदा शाही पौष २९ बाजुरा- जगन्नाथगा.पा. पिलुचौर स्थित मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत जनाको कर्जा मिनाह गरेको छ। जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो । विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान […]
सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]
सेतीकर्णाली खबर बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको […]
अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]
कालीकोट — कर्णाली नदीमा स्काईभेटर पल्टिँदा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा स्काइभेटर तार्ने क्रममा शुक्रबार बेलुका स्काइभेटर पल्टिँदा स्काइभेटर सहित सहचालक नदीमा बेपत्ता भएका हुन् । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना-४ जारकोट जाने क्रममा कर्णाली नदीमा पल्टिएपछि थियो । स्काइभेटर सहित एक जना बेपत्ता भएको […]