September 10, 2025 | बुधबार, भदौ २५, २०८२

ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ २३, २०८२ १0:१३
ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।
उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले भने, ‘२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।

सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताए ।
मृतकहरूको पहिचान खुल्न सकेको छैन । रेग्मीले अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको बताए ।

प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।साभार – kantipur

  • सेती कर्णाली खबर
  • -