February 5, 2025 | बुधबार, माघ २३, २०८१

स्वामिकार्तिकमा(HPV) खोप सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न,आज देखि पाठेघरको मुखको क्यान्सर (HPV)खोप सञ्चालन हुँदै,

  • सेती कर्णाली खबर
  • मङ्लबार, माघ २२, २०८१ 0२:0३
स्वामिकार्तिकमा(HPV) खोप सम्बन्धि  अभिमुखिकरण गोष्ठी  सम्पन्न,आज देखि पाठेघरको मुखको क्यान्सर (HPV)खोप सञ्चालन हुँदै,

सेतीकर्णाली खबर २२ माघ बाजुरा-   स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा एच.पि.भि. खोप सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा सरोकारवाला निकाय, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, पत्रकार र समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो । स्वास्थ्य तथा शिक्षा सचेतनासँगै गाउँपालिकाले किशोरीलाई एच.पि.भि. खोप प्रदान गर्न विशेष योजना अघि सारेको छ । विद्यालय जाने कक्षा ६ देखि १० वर्षका उमेर सहूहका किशोरी र १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोपको पहँचुमा आयन आग्रह गरिएको छ । विद्यालय जाने किशोरीका लागि अध्ययनरत विद्यालयमा खोप लगाईने छ भने विद्यालय नजाने किशोरीलाई नजिकको स्वास्थ्य संस्थामा खोप लगाईने गाउँपालिकाका स्वास्थ्य संयोजक पारश शाहीले बताउनुभयो । उहाँले पालिका भरि सञ्चालन हुने एचपीभी खोप तालिका समेत सार्वजनिक गरिएको बताउनुभयो । सार्वजनिक तालिका अनुसार गाउँपालिकाका पाचँ वटै वडाका स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, स्वास्थ्य ईकाई र विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्यकर्मी लोकेन्द्र कैलाले जानकारी दिनुभयो । उहाँले यहि माघ २२ गते देखि २४ गते सम्म तीन दिन एकै साथ खोप कार्यक्रम सञ्चालन हुने भएकाले सरोकारवाला निकायले सहयोग गरिदिन आग्रह गर्नुभयो । स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण मानिने एच।पि।भि।खोप सर्वसुलभ र प्रभावकारी रूपमा प्रदान गर्न गाउँपालिकाले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ । अभिभावक तथा समुदायका सबै सदस्यलाई यो खोप कार्यक्रम बारे जानकारी गराउन र किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ । विद्यालय तथा विद्यालय वाहिर रहेका किशोरीलाई आफ्नो पाएप पर्ने स्थानमा गई अनिवार्य खोप लगाउन पनि गाउँपालिकाले आग्रह गरेको छ । यसै बीच बुढीनन्दा नगरपालिकामा पनि भोली देखि खोप कार्यक्रम सञ्चालन हुने भएको छ । नगरपालिकाका दश वटै वडामा भोली देखि किशोरीका लागि एचपीभी खोप सञ्चालन हुने स्वास्थ्य संयोजक ओमजगं शाहीले बताउनुभयो । यसका लागि सवै तयारी पूरा भईसकेको नगरपालिकाले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • -