सेतीकर्णाली खबर
उमेश जङ्ग शाही २१ माघ सोरुकोट मुगु-कर्णाली प्रदेशका मुगु जिल्लाकाे साेरूका स्थानियलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती हुने गरेको छ ।
मुगु जिल्लाकाे साेरू गाउँपालिकामा ईलाका प्रशासन कार्यालय भएता पनि राष्ट्रिय परिचयपत्र बनाउन भने जिल्ला सदरमुकाम गमगढि धाउनु पर्ने बाध्यता रहेकाे स्थानिय विनय शाहीले गुनासाे गरेका छन । सोरुका स्थानियहरुलाई एक दिन भरि हिँडेर लाग्छ सबै संग गाडि भाडा हुँदैन। कतिपय पैदल हिँडेर सदरमुकाम गमगडी राष्ट्रिय परिचय पत्र बनाउन जाने गरेको स्थानियबासि मंण्डली हितानले सेतीकर्णाली खबरलाई बताइन।
नगरिकलाई आबश्यक पर्ने नागरिकता परिचयपत्र लगाएतका सेवाहरू ईलाका प्रशासन कार्यालयले दिनु पर्ने भएपनि राष्ट्रिय परिचय पत्र भने ईलाका प्रशासन कार्यलयले नदिने गरेकाे साेरू गाउँपालिका वडा न ६ साेरूका राजु राेकायाकाे गुनासाे छ । सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य लागु गर्ने नीति लिएपछि स्थानिय वासि भने राष्ट्रिय परिचय पत्र पनाउने क्रम बढेकाे छ । एक जनाले परिचय पत्र बनाउन सदरमुकाम गमगढी जान कम्तिमा ८ हजार खर्च गर्नु परेकाे र याे समस्या समाधान गर्न सम्बन्धित निकायालाई ध्यानाकर्षण गराईसकेकाे साेरू गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताउनु भएकाे छ । यता ईलाका प्रशासन कार्यालयका प्रमुख शाखा अधिकृत भिम राज सेजुवालले भने जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय समेत लाई जानकारी गराईसकेकाे छ । नागरिकका समस्या समाधानका लागि आफू निरन्तर लागिपरेकाे उहाले बताउनु भयाे । राष्ट्रिय परिचय पत्र बनाउन ईलाका प्रसासन कार्यालयलाई जिम्मेवारी दिएकाे खण्डमा यहाँका नागरिकले राहात पाउने देखिन्छ ।