October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखाले मार्तडीमा तीज विशेष कार्यक्रम मनायाे

  • सेती कर्णाली खबर
  • बुधबार, भदौ १९, २०८१ १६:१८
एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखाले मार्तडीमा तीज विशेष कार्यक्रम मनायाे

बाजुरा १९ भदौ । एसियन लाईफ ईन्सुरेन् बाजुराशाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखामा का एजेन्ट र नजिकमा रहेका अभिकर्ता वा यसमा  आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो ।

नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर एसियन लाईफ  बाजुराशाखाले  बुधबार सदरमुकाम मार्तडीको हिलटप हाेटेकाे तालिम हलमा  तीज विशेष कार्यक्रमको आयोजना गरिएको बाजुरा शाखा प्रमुख वीर बहादुर थापाले बताएकाछन् ।

यस तीज विशेष कार्यक्रममा आफ्नाे शाखाकाे मातहतमा रहेका एजेन्ट,बिमित महिला , पुरुष र बालवालिका हरु काे समेत सहभागिता रहेकाे थिए । कार्यक्रममा महिला तथा पुरुष हरुले नाचगान गरेर रमाईलाे  गरेरगर्नुका साथै तिजकाे शुभकामना आदान प्रदान समेत गरेका थिए ।

तीज विशेष कार्यक्रममा नाचगान सहीत दर खानेकार्यक्रमकाे समेत आयोजना गरिएको थियो । यस्ता कार्यक्रमले गर्दा एक आपसमा सदभावना हुने ,बिमित हरुमा एक आपसमा परिचयात्मक समेत हुने ,सामुहीक भेटघाट र आपसी सहकार्यका लागि यस्ता कार्यक्रम काे आयोजना गरिएको हो ।  कार्यक्रममा सहभागि महिलाहरुले नाचगान सहीत दर समेत खाएकी छन  सामुहीक भेटघाट र आपसी सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको समेत प्रमुख थापाले बतायका छन्।
एसियन लाईफ ईन्सुरेन्सले प्रत्यक वर्ष तीज बिशेष कार्यक्रम गर्ने गरेर । महिलाहरु बीचको आपसी सहकार्य, सद्भाव र हार्दिकताका लागि हरेक वर्ष आयोजना गर्ने गरिएको हो ।

  • सेती कर्णाली खबर
  • -