October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लगातार वर्षाले सडक अवरुद्ध

  • सेती कर्णाली खबर
  • सोमवार, असार २४, २०८१ 0७:५१
लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ।

हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा मोटरसाइकल च्यापेर टुक्राटुक्रा भएर सडकमा अलपत्र रहेकोे बाइक चालक रामलाल बिष्टले बताएका छन।

हुम्ला बाट धुलाचौर फर्किदा अविरल वर्षाले गर्दा धुलाचौर नजिकै शाखा बिच सडक माथीबाट पहिरो आएर ज्यान बचाउन काम गरियो बाइक पहिरा संगै मिसिएको हुँदा सडकमा मोटरसाइकल अलपत्र रहेकोे छ। हिजो साझबाट सडक पहिरोले गर्दा गाडी बन्द अवस्था रहेकोे बिष्टले बताएका छ्न।

३/४ दिन लामो समयदेखि अविरल वर्षाले गर्दा धुलाचौर नजिकै ६ किलोमीटर अगाडि साखामा माथिबाट पहिरो आएपछि सडक बन्द भएको छ। गाडी मोटर चलाउन सकिरहेका छैन। बीच सडक बन्द हुँदा मान्छेलाई मात्र आवतजावत गर्न मिल्ने स्थितिमा रहेकोे छ।

अहिलेसम्म अवरुद्ध सडक खुलेको छैन। पहिरो आउने क्रम जारीनै रहेको हुँदा सडकमा समस्या भएको छ। मान्छेलाई हिडन बाहेक गाडी मोटर चल्न सकेका छैनन्। बाजुरा बाट हुम्ला र मुगु जाने मान्छेहरू सडक अवरुद्ध हुँदा आवतजावत समस्या आएको स्थानीय डबल भण्डारीले बताएका छन।

बिहान खबर पाउदा स्थलगत टोलि पुगेर हेरेर आएको हौं। धुलाचौर नजिकै शाखामा सडक माथि बाट पहिरो आउँदा २/३ ठाउँ सडक छोपिएको छ। मान्छेलाई समेत आवतजावत गर्न मुस्किल रहेकोे छ। सडक पहिरो छोपिए संगै अपि रेडियो रामलाल बिष्ट मोटरसाइकल नम्बर कर्णाली प्रदेश ०२००१ प ७०७८ अपाचे १६० निलो रङको बाइक सडक छोपिएको धुलाचौर प्रहरी चौकी इन्चार्ज धुर्वराज न्यौपानेले बताए। अहिले सम्म सडक अवरुद्ध हुँदा गाडी बन्द भएका छन।

  • सेती कर्णाली खबर
  • -