January 15, 2025 | बुधबार, माघ २, २०८१

भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

  • सेती कर्णाली खबर
  • आइतवार, असार २३, २०८१ १0:१0
भगवती आधारभुत विधालयको निर्माणाधिन पर्खाल भत्कियो

 

सेतीकर्णाली खबर

२३ असार-स्वामिकार्तिक खापर गाउँपालिका १ वडा स्थित रुडिको श्री भगवती आधारभुत विधालयको पर्खाल  निर्माणाधीन   अवस्थामा भत्किएको प्रधानाध्यापक नेत्र बहादुर बमले सेतिकर्णाली खबरलाई जानकारी दिए।
तीन दिनको लगातार परेको पानिका कारण भगवती आधारभुत विधालयको निर्माणाधीन पर्खाल सनिबार बेलुका छ बजे तिर भत्केको  थियो।
भगवती आधारभुत विधालयको चौरमा पर्खाल बैसाख २१ गते देखि निर्माणकार्य सुरु भएको थियो। उक्त पर्खालको लम्बाई ४० मिटर थियो भने उचाइ ८ मिटर र चौडाइ २५ मिटर हो त्यस मध्य १६ मिटर बनाउने क्रममा पर्खाल भत्केको छ। १६० ग्याविन जालि राखेर देवाल निर्माण भइरहेको थियो। विधालयको चौर चौडा बनाउनको लागि पर्खाल निर्माणकार्य भइरहेको स्थानियले बताएका छन। दुइतिन दिनको पानिले पर्खाल नभत्किनु पर्ने सिङ्गो वर्खा बाँकि नै छ स्थानीय कु्म्म महताराले भने प्राविधिक त्रुटीको कारण र निर्माण समितिको लापरबाहीका कारण पर्खाल दिगोदरिलो नबनेर निर्माणाधीन अवस्थामा भत्केको स्थानिय महताराले आरोप लगाएका छन।  पर्खाल लगाउदा जग गहिरो नखनेर जग हालेको, ग्याबिन जालि पूरा दरिलो गरि नभरेको, ग्याबिन जालि ठाडो राख्नु पर्ने सिधा राखेको र प्राबिधिक त्रुटि भएको हुनाले पर्खाल दिगो नबनेको स्थानिय तथा नेकपा एमालेका यूवा नेता अरुण बमले आरोप लगाएका छन।अरु स्वामिकार्तिकमा गरिने सवै विकास निर्माणको काममा स्थानिय सरकारले नेपाली काङ्ग्रेसका कार्यकर्ता व्यवस्थापनकै लागि काम गुणस्तरहिन बनाएको देखिन्छ यो गन्ध भगवतिको पर्खाल निर्माणमा पनि देेखिएको र
आगामि दिनहरुमा पर्खाल मेसिनरी बनाउनु पर्ने , उपभोक्ता समिति र प्राविधिक लाई सरोकारवाला निकायले चेतावनी दिए मात्र भगवती आधारभूत विधालयको प्राङ्गण दिगो दरिलो हुने युवा नेता बमले बताए।भगवती  आधारभुत  विधालयको फिल्डको पर्खालमा स्काइभेटरले माटो पुर्दा पर्खाललाई असर परेको  विधालय व्यवस्थापन  समिति  अध्यक्ष   जगत बुढाको भनाइ रहेको छ। उपभोक्ता  समिति नरहेको र त्यो पर्खाल निर्माण योजनाको रकम नतोकिएको  र समुदाय  र विधालय परिवारले सो पर्खाल निर्माणको जिम्मा लिएको , पर्खाल निर्माण  भएर  गाउँपालिकाले अनुगमन गरिसकेको थियो । पर्खाल निर्माणको भुक्तानि लिन बाकि थियो   दुइतिन दिनको लगातार वर्षाको कारण पर्खाल भत्किएको  भन्दै निर्माण समितिको विव्यस अध्यक्ष  बुढाले  बचाउ गरेका छन।

  • सेती कर्णाली खबर
  • -