October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सडक संजालले स्थानीय मुहार फेरियो

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २०, २०८१ 0७:0१
सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया
बाजुरा, असार २० गते।
दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ।

बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन पैदलमार्ग भएर देश विदेश गर्दा खेरि अछाम जिल्ला साफेबाट गाडी चड्नु पर्ने अवस्था थियो।पहिला सडक नजोडिएको हुँदा पिठ्युँमा रासन भोकेर खानुपर्ने अवस्था रहेकोे थियोे। अहिले गाउँमा सडक जोडिएकाले आवतजावत गर्दा गाउँबाटै गाडी चडेर जानुपर्ने हुँदा खुशी भएका हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँका स्थानीय तुलसिङ रोकायाले बताए।

यातायात नहुदा गाउँ देखि घण्टौ हिडिर कोल्टी सदरमुकाम मार्तडी पैदल यात्रा गरेर जानुपर्ने अवस्था अहिले गाउँ गाडी पुग्ने भएपछि धेरै काम सजिलोसँग गर्न पाएका छौँ। गाडी चडनका लागि घरबाट १/२ दिन निरन्तर हिडिर गाडी चड्ने ठाउँ जानुपरेको अवस्था संघियता आए पश्चात् सडक मात्र विकास भएकोछैन। स्वास्थ्य, खानेपानी र शिक्षा क्षेत्रमा उत्तिकै विकास निकास भएको छ।

गाउँ धान कम फल्ने हुँदा चामल किनेर खानुपर्ने थियो। चामल किन्न ४/५ घण्टा पैदलमार्ग भएर कोल्टी बजार पुगेर पिठ्युँमा बिकेर खानुपर्ने अवस्था थियोे। अहिले गाउँमा गाडी ट्याक्टर पुग्ने भएपछि पिठ्युँ बोकेर खानुपर्ने बाध्यता हटेको छ। जसले गर्दा स्थानीय जनजीवनको मुहार समेत फेरिएको देखिन्छ। पहिला पिठ्युँमा लगेर नसकिने सामाग्री खर्चेर द्रारा ढुवानी गरेर घरमा ल्याइने गरिन्थ्यो। भने अहिले गाउँ सडक संजाल जोडिएर गाडीबाट सस्तो पैसाले सामान ढुवानी गरेर लिइने गरेको स्थानीय रोकायाले बताएका छन।

दुर्गम भएको ठाउँमा सडक आउला गाडी चडेर घरदैलोबाट जाउला असम्भव देखिने अवस्था थियो। जब संघियता लागु भए पश्चात् गाउँपालिका आइसकेपछि दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिए संगै गाडी चल्न थालेका छन। संघीयता अगाडि सडकका कुरै छैन। हिड्ने गोरेटो बाटो समेत अप्ठ्यारो खालको परिस्थिति थियोे। भने अहिले निकै विकासका सन्दर्भमा पहिलेको भन्दा धेरै क्षेत्रमा फट्को मारेको छ।

पहिला गोरेटो बाटो भएर २/३ पैदल हिडेर गाडी चड्नु पर्ने अवस्था रहेकोे थियोे। भने अहिले गाउँमा सडक आएपछि घरको दैलोबाट गाडी सुबिधा पाएका छौँ। सामान पिठ्युँ बोकेर ओसारपसार गरिन्थ्यो। आजभोलि पिठ्युँ बोक्ने चलन हटेको छ। जब गाडीको सुबिधा आयो त्यसपछि सुबिधा संगै सेवा पाएका छन। गाउँका बुढापाखा गाडी नदेखेको मान्छे आजभोलि घरबाट गाडी चडन पाएका छन। सडक गाउँमा जोडिएकाले घर भन्दा बाहिर आवतजावत गर्ने सजिलो भएको हिमाली गाउँपालिका वडा नम्बर ४ बोर्ता स्थानीय मदन भण्डारीले बताए।

हिमाली गाउँपालिका सहयोगमा दुर्गम गाउँमा गाडी मोटर चलेका छन। सडक गाउँमा आउँदा सर्वसाधारण पनि घरको आगनबाट गाडी चडन सहजरूपमा लिएका छन। पहिला हिडेर दिनहुुँ लाग्ने ठाउँ अहिले घण्टा भित्र तलमाथि गर्ने सकेका छौँ। गाउँमा सडक संजाल मात्र बिकास नभई खानेपानी, टेलीफोन, विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि विकासका लागि तिव्र रूपमा काम गरेको छ। यहाँका स्थानीयले सडक क्षेत्रमा पहुँचमा मात्र नभएर सबै बिकास निकास क्षेत्रमा गाउँको मुहार समेत फेरिएको स्थानीय भण्डारीले बताएका छन।

  • सेती कर्णाली खबर
  • -