October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ २७, २०८१ 0८:३0
आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई बी पोजेटिभ रगत आवश्यक ।

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको आधारभुत अस्पताल कोल्टीमा एक जना महिलालाई रगत आवश्यक परेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १  कल्ख्याकी सुन्तली लवारलाई रगत आवश्यक परेको हो । हुम्लाबाट बाजुरा आउदै गरेकि ल्वारको विच बाटोमा गर्भपतन भएको श्रीमान लोक ल्वारले बताउनुभयो ।

उहाँले एक्कासि रगत बग्न थालेपछि उपचारका लागि कोल्टी आउने क्रममा बिच बाटोमा गर्भपतन भएको उहाँले बताउनुभयो । ल्वारको ३ महिना अर्थात अपुरो महिनामा गर्भपतन भएको हो । गर्भपतन पछि उपचारका लागि ल्वार शुक्रवार राती मात्रै कोल्टी अस्पताल पुग्नुभएको थियो । गर्भपतन पश्चात अत्यधिक रक्तश्राव भए पछि रगतको कमी भएको स्वास्थ्यकर्मीले बताएका छन ।

उहाँलाई २ पोइन्ट रगत आवश्यक परेको थियो । आवश्यक परेको २ पोइन्टमा एक पोइन्ट जोहो भए पनि थप एक पोइन्ट आवश्यक परेको स्वास्थ्यकर्मीले बताएका छन् । लवारलाई बी पोजेटिभ रगतको आवश्यक परेको श्रीमान लवारले जानकारी दिनुभएको छ ।

उहाँले बी पोजेटिभ रगत भएका इच्छुक व्यक्तिहरुले ९८६८३७०७६३ खबर गरी सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

  • सेती कर्णाली खबर
  • -